Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ३१, २०८२
  • होमपेज
  • भिडियो
  • समीर भट्टको दोस्रो फिल्म ‘बलिदान’को टिजर रिलिज (भिडियोसहित)
भिडियो

समीर भट्टको दोस्रो फिल्म ‘बलिदान’को टिजर रिलिज (भिडियोसहित)

काठमाडौँ । यस बर्षको बहुप्रतिक्षित फिल्म ‘बलिदान’को टिजर रिलिज भएको छ ।

दशैंको फूलपाती अर्थात् १३ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’को टिजर शनिबार सार्वजनिक गरिएको हो ।

विज्ञापन

शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर सार्वजनिक करिब २ मिनेट लामो टिजर अभिनेता समीर भट्टमाथि केन्द्रित रहेको छ । सन्तोष सेनको निर्देशनमा बनेको फिल्ममा भट्टसहित सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा र निर्देशक सेनको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

विज्ञापन

आसुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । फिल्ममा दर्शन जीको लेखन, महेश पौडेलको छायांकन, सुजन चापागाईँको संगीत निर्देशन तथा स्टन्डर साम र श्री श्रेष्ठको द्वन्द्व निर्देशन सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

भर्खरै

सिफारिस