काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला कारागार रुपन्देहीबाट शनिबार दिउँसो सरुवा गरेर काठमाडौं लगिँदै छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई आज दिउँसो काठमाडौं लैजान लागिएको हो । उनी गत चैत २५ गतेदेखि कारागारमा छन् ।
शनिबार दिउँसो ३ बजे जहाजमार्फत काठमाडौं लगिने रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको बताएपछि उनलाई काठमाडौं सार्न सरकार तयार भएको हो ।
फेसबुक प्रतिक्रियाहरु