काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालले पदभार ग्रहण गरेका छन् ।
प्रहरी प्रमुखको जिम्मेवारी पाएका रिजालले शुक्रबार पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका हुन् । एसपी रिजालले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन समेत दिएका छन् ।
एसपी रिजालले अपराध र अपराधीविरूद्ध कठोर भएर उभिने बताए । उनले आफूसँग भएको अनुभवलाई प्रयोग गरेर यहाँका नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखी काम गर्ने बताए ।
आफू केही गर्नका लागि यहाँ आएको उल्लेख गर्दै एसपी रिजालले सबैलाई साथ र सहयोग गर्न समेत आग्रह गरे । उनले जिल्लामा रहँदासम्म कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।
उनी संगठनमा इमान्दार, व्यवसायीक र अब्बल प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
फेसबुक प्रतिक्रियाहरु