मङ्लबार, अशोज २७, २०८२
  • होमपेज
  • समाचार
  • विषाक्त मदिरा सेवन गर्दा कुवेतमा कम्तीमा सात नेपालीको मृत्यु
समाचार

विषाक्त मदिरा सेवन गर्दा कुवेतमा कम्तीमा सात नेपालीको मृत्यु

काठमाडौँ- कुवेतमा विषाक्त घरायसी मदिरा सेवनका कारण कम्तीमा सात नेपालीको मृत्यु भएको छ। मदिरा सेवन गरी बिरामी भएका अन्य ४५ जनालाई अस्पतालमा भर्ना गरिएको कुवेतस्थित नेपाली राजदूत घनश्याम लम्सालले जानकारी दिए।

‘कुवेतका विभिन्न छवटा अस्पतालमा सातजना नेपालीको मृत्यु भएको जानकारी आएको छ। अन्य ४५ जना अस्पताल भर्ना भएका छन्। हामी विभिन्न अस्पतालमा नेपालीहरूहरूको पहिचान संकलन गर्दै छौँ।’

विज्ञापन

उनले मृत्यु भएका नेपालीको पहिचान खुल्न बाँकी रहेको बताए। कुवेतमा एक लाखभन्दा बढी नेपाली रहेको अनुमान छ। तीमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि त्यहाँ गएका हुन्। मदिरा सेवनबाट मृत्यु हुनेमा वैदेशिक रोजगारीका लागि गएका नेपाली हुन सक्ने अनुमान लम्सालले गरेका छन्।

विज्ञापन

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार विषाक्त मदिरा सेवन गरी २३ जनाको मृत्यु भइसकेको छ। शनिबारदेखि १६० जना मेथानोल मिसिएको मदिरा सेवन गरी बिरामी भएको घटना दर्ता भएको अरब टाइम्सले उल्लेख गरेको छ। ती सबै दूषित मदिरा सेवनसँग सम्बन्धित छन्। अस्पताल भर्ना भएका सबै व्यक्ति एसियाली नागरिक हुन्।

अरब टाइम्सका अनुसार तीमध्ये ३१ जना बिरामीलाई भेन्टिलेटर सहयोग आवश्यक परेको थियो। यसैगरी ५१ जनाले मिर्गौलाको डायलिसिस गराएका थिए। यसैगरी २१ जनाको दृष्टिमा समस्या आएको छ।

 

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस