Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ३१, २०८२
  • होमपेज
  • समाचार
  • धरौटीमा छुटे गुण्डा सानुभाइ
समाचार

धरौटीमा छुटे गुण्डा सानुभाइ

काठमाडौं । जिल्ला अदालत काठमाडौंले दलीय आवरणमा गुण्डागर्दीमा संलग्न चार जनालाई धरौटीमा रिहा गरेको छ ।

ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गर्ने सानुभाइ भनिने युवराज गुरुङ, ओम्नियाका सञ्चालक गुरुङ र उनको योजनामा सानुभाइमाथि आक्रमण गर्न गएका रवीन्द्र गुरुङ र दीलबहादुर तुम्बापो धरौटीमा रिहा भएका हुन् ।

विज्ञापन

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिवप्रसाद खनालको इजलासले सानुभाइलाई २५ हजार र ओम्नियाका सञ्चालक गुरुङलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको छ भने रवीन्द्र र दीलबहादुर पनि २०–२० हजार धरौटीमा रिहा भएका छन् ।

विज्ञापन

यही साउन १४ गते राति ठमेलको नगरकोट दोहोरी साँझमा गुरुङबाहेकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका रवीन्द्र र दीलबहादुरले आफूहरुलाई ओम्नियाका सञ्चालक गुरुङले पठाएको भनेपछि प्रहरीले उनलाई साउन १७ गते उनलाई सामाखुसीस्थित घरबाटै पक्राउ गरेको थियो ।

२०८० साउनमा ओम्नियाका सञ्चालक गुरुङमाथि सानुभाइले आक्रमण गरेका थिए । अभद्र व्यवहार मुद्दामा पक्राउ परेपछि सानुभाइ साउन १० मा धरौटीमा छुटेका थिए । सोही घटनाको बदला लिन ओम्नियाका सञ्चालक गुरुङले दुई वर्षपछि गत साउन १४ मा आक्रमणको योजना बनाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस