Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २८, २०८२
  • होमपेज
  • खेलकुद
  • ग्लोबल रिचले भदौ २ गते ‘अष्ट्रेलियान एजुकेसन फेयर’ गर्दै 
खेलकुद

ग्लोबल रिचले भदौ २ गते ‘अष्ट्रेलियान एजुकेसन फेयर’ गर्दै 

चितवन, साउन २९ । शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेसन कन्सल्टेन्सीले यही भदौ २ अर्थात (अगष्ट १८) गते सोमबार ‘अष्ट्रेलियान एजुकेसन फेयर’ शैक्षिक मेला गर्ने भएको छ । उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक मेलाको आयोजना गरिएको हो ।

हरेक वर्ष जस्तै यसपटक पनि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीलाई युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श दिने उद्देश्यसहित शैक्षिक मेला आयोजना गरिएको ग्लोबल रिचका चितवन प्रबन्धक सुरेश पौडेलले जानकारी दिए ।

विज्ञापन

पछिल्लो समय अष्ट्रेलियान सरकारले गरेको भिसाको पोलिसी, मापदण्ड, त्यहाँको अवस्था, काम, अवसर र चुनौतीको बारे विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसँग जिज्ञासा राख्न सक्ने छन् । मेलामा अष्ट्रेलियाका प्रख्यात केही युनिभर्सिटीका प्रतिनिधिले विद्यार्थीलाई उपयुक्त परामर्श, युनिभर्सिटीमा सहजीकरण, स्कलरसिप र अफर लेटरमा सहजीकरण लगायतका विषयमा सहभागी विद्यार्थीलाई मदत पुग्ने पौडेलको भनाई छ ।

विज्ञापन

ग्लोबल रिच पुरानो र स्थापित शैक्षिक संस्था भएकोले विद्यार्थी तथा अभिभावकको शैक्षिक मेलामा उत्साहजनक सहभागिता रहने उनले बताए । भरतपुर ओरालो स्थित रोटरी भवनको चौथो तलामा आफ्नै कार्यालय परिसरमा गर्न लागिएको मेलामा चितवन, नवलपरासी, मकवानपुर लगायतका विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मेला सञ्चालन हुने पौडेलले जानकारी दिए । ग्लोबल रिचले विगत ३३ वर्षदेखि विद्यार्थीलाई सेवा दिँदै आइरहेको छ भने विगत १८ वर्षदेखि नेपालमा सेवा दिइरहेको छ ।

ग्लोबल रिचको नेपालमा मात्र काठमाडौँ, बुटवल, पोखरा, चितवन गरी चारवटा शाखा छन भने भारत, बागलादेश, भुटान, श्रीलङ्का, अष्ट्रेलियाका देशहरूमा गरी कुल ४२ वटा शाखा शाखा सञ्चालनमा छन् ।

संस्थाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, बेलायत लगायतका विभिन्न देश जान चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श, भर्ना प्रक्रिया सहजिकरण, भिसा आवेदनमा सहयोग गर्नुका साथै आइइएलटीएसपिटीईका कक्षाहरू सञ्चालन गरिरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस