काठमाडौँ, २७ साउन । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडक नबनेकोमा आक्रोश व्यक्त गरेका छन् ।
उनले आफ्नो माग सम्बोधन नभएमा संसद्मा नै अनशन बस्नेसमेत चेतावनी दिएका छन् ।आफूले पटक पटक सो विषय उठान गरे पनि सम्बोधन नभएको भन्दै अनशनको चेतावनीसमेत दिएका छन् ।
‘हुलाकी सडक कटहरीको खण्ड निर्माण हुन थालेको १० वर्ष हुन थालिसक्यो, आजसम्म बनेको छैन, जनताले सडकमा धान रोपाइँ गर्दैछन् । रकारलाई रुलिङ हुनुपर्यो । एउटै कुरा मैले कतिचोटी उठाउनुपर्ने ? सभामुखबाट रुलिङ भएन भने म तपाईँको अघि अनशन बस्छु,’ उनले भने ।
फेसबुक प्रतिक्रियाहरु