सोमवार, साउन २६, २०८२
  • होमपेज
  • Breaking News
  • देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा बढी खुसी म हुन्छु : गगन थापा
Breaking News

देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा बढी खुसी म हुन्छु : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिबाट सन्यास लिए सबैभन्दा बढी खुसी आफू हुने बताएका छन् ।  आइतबार काठमाडौँमा आयोजित युवासँग जनप्रतिनिधि कार्यक्रममा महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

उनीहरूलाई त्यो आफूले अवमूल्यन गरेर नभनेको समेत उनले बताए ।  ‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, एमालेको अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको दिनबाट नेपाली राजनीतिबाट हामी सन्यास लिन्छौं भनेर भन्नुभयो भने म सबैभन्दा खुसी मानिस हुन्थेँ,’ महामन्त्री थापाले भने,  ‘अवमूल्यन गरेर भनेको होइन एकदमै ठुलो सम्मान छ उहाँहरूप्रति । उहाँहरूले नेपालमा ठुलो योगदान गर्नुभएको छ।’

विज्ञापन

उनले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको समेत बताए । नेपाली राजनीतिप्रति वितृष्णा पैदा भएको बताउँदै थापाले राजनीति फोहोर जमेको पोखरी जस्तो भएको बताए ।  ‘अहिले नेपाली राजनीतिप्रति वितृष्णा छ। यसको कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ,’ थापाले भने ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस