सोमवार, साउन २६, २०८२
  • होमपेज
  • समाचार
  • आज गाईजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदा
समाचार

आज गाईजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

काठमाडौं। आज गाइजात्रा ।

 

विज्ञापन

काठमाडौं उपत्यकामा सार्बजनिक बिदा दिइएको  छ।

विज्ञापन

 

राजा प्रताप मल्ल (विक्रम संवत् १६४१-१६६४) ले नाबालक छोरा गुमाए पछि महारानी निकै शोकमा परिन । सो शोक लामो समयसम्म गए पछि उनले प्रजाहरूलाई हनुमान ढोका दरबार परिसरमा गाईजात्रा गराउन लगाए पछि त्यही देखी यो चलन चलेको हो । त्यो बेला काठमाडौँ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो ।

आजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रही आएको छ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लगाइन्छ । विभिन्न मुखुण्डो र रङ्गीचङ्गी पोसाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा बितेका आफन्तजनको तस्बिर सहित जात्रामा समावेश हुन्छन् ।

गाईजात्रा काठमाण्डौको प्रमुख चाड भएता पनि देशका अरू ठाउँ र सहरमा पनि गाई जात्राको मनाइँदै आइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस