बिहिबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • Breaking News
  • हर्क भन्छन्ः सरकारले मलाई सधैँ अपमान गरिरह्यो
Breaking News

हर्क भन्छन्ः सरकारले मलाई सधैँ अपमान गरिरह्यो

Renu Dahal

काठमाडौँ, साउन २३ । धरानका मेयर हर्क साम्पाङले आफूलाई सरकारले सधैँ अपमान गरिरहेको बताएका छन्। आफ्नो श्रम अभियानलाई गैर कानुनी भन्दै मुद्दामाथि मुद्दा थोपरीरहेपनि आफूले कहिल्यै हरेस नखाएको उनले सामाजिक सञ्जालमा लेखेका छन्।

‘वर्ल्ड बुक अफ रेकर्ड लन्डनले मलाई र मेरो अभियानलाई चिन्यो सम्मान गर्‍यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर मेरो देशको सरकारले मलाई सधैँ अपमान गरिरह्यो, मेरो अभियानलाई गैर कानुनी भन्दै मुद्दा माथि मुद्दा थोपरिरह्यो ।’ ‘तर मैले कहिल्यै थाकेँ गलेँ भनिनँ ! हरेस खाइनँ ! अविचलित बनी सबैलाई जुट्ने आह्वान गरिनै रहेँ !,’ उनी लेख्छन्, ‘अब मेरो श्रम र श्रमदानको अभियान यो देशको केन्द्रीय नीतिमा लेख्न जाँदै छु ! मलाई साथ दिनोस् ! देश चाहिन्छ भन्ने जति जुटौँ !’

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस