बिहिबार, साउन २२, २०८२
  • होमपेज
  • खेलकुद
  • फिफा वरीयता : १३ स्थानमाथि उक्लियो नेपाली महिला टोली
खेलकुद

फिफा वरीयता : १३ स्थानमाथि उक्लियो नेपाली महिला टोली

काठमाडौँ । नेपाली महिला फुटबल टोली फिफा वरीयतामा अहिलेसम्मकै उच्च स्थानमा पुगेको छ । नेपाल १३ स्थानमाथि उक्लँदै ८७ औँ स्थानमा पुगेको हो । यसअघि, १२०१.७७ अङ्क रहेकोमा नेपालले ४६.४९ अङ्क थप गर्दै १२४८.२६ अङ्क बटुल्न सफल भएको छ । नेपाल पछिल्लो पटक १ सयौँ स्थानमा रहेको थियो ।

नेपालको पछिल्लो उच्च वरीयता ९१ औँ स्थान रहेको थियो । १५ डिसेम्बर २०१७ मा नेपालले सो वरीयता हासिल गरेको थियो । त्यसपछि १८ डिसेम्बर २०२० मा टोली ९२ औँ वरीयतामा रहेको थियो ।

विज्ञापन

स्पेनले अमेरिकालाई उछिन्दै वरीयताको शीर्ष स्थानमा पुगेको छ । तेस्रो स्थानमा स्वीडेन रहेको छ भने त्यसपछि क्रमशः इंग्ल्याण्ड, जर्मनी र फ्रान्स रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस