काठमाडौं । महिनौंको रस्साकस्सीपछि सशस्त्र प्रहरीका एसएसपी, एसपी र डीएसपी पदमा बढुवा निस्किएको छ ।
सोमबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एसएसपी, २२ लाई एसपी र ४८ लाई डीएसपीमा बढुवा सिफारिस गरेको थियो ।
जुनियरलाई बढुवा गर्न दबाब दिएपछि बढुवा रोकिँदै आएको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएको पनि करिब तीन सातापछि बढुवा निस्किएको हो । सशस्त्र प्रहरीमा एक वर्षदेखि नै रिक्त रहँदै आएका पदमा बल्ल बढुवा भएको हो ।
बढुवामा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल हाबी भएको चर्चा छ । तीनै पदमा जेष्ठतालाई आधार बनाएर बढुवा गरिएको छ । जसकारण धेरै चलखेल हुने अवसर भएन ।
गृहमन्त्री रमेश लेखकले भने आफुनिकटस्थको बढुवाका लागि दबाब दिँदै आएका छन् । एसएसपी बढुवामा पहिलो लटमा बढुवा भएका सिंस २ का अधिकृतहरू बढुवामा परेका छन् ।
बढुवा सिफारिस भएका धुव्रबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोक कुमार बम र बिरेन्द्रबहादुर ऐर पहिलो लटमा एसपी भएका हुन् ।
सोही आधारमा उनीहरुको बढुवा गरिएको छ । यो ब्याचका दुई जना त डिआइजी नै भइसकेका छन् । त्यस्तै, एसपी भएका २२ जनामध्ये १० जना सात जना सिंस ३ को वैकल्पिक टोली हो । बाँकी सिंस ४ का हुन् ।
सिंस ४ का भिमबहादुर बिष्ट र नवराज बोहरा र सुरेश गैरै अगाडि परेका छन् । २०६७ सालमा भर्ना भएको सशस्त्र प्रहरीको सिंस ९ को टोली बल्ल डीएसपीमा बढुवा भएको छ ।
यो ब्याचका ७७ जना रहेकोमा बेसिकको वरियतामा अघि रहेका ४८ जना बढुवा सिफारिस भएका छन् । पहिलो नम्बरमा परेका केदार सापकोटा आईजीपी राजु अर्यालकै पिए हुन् । उनी यसअघि पनि पहिलो नम्बरमै थिए ।
दोस्रो नम्बरमा रहेका पुष्कर बहादुर सिंह पनि वरियता अनुसार नै परेका छन् । तेस्रो नम्बरमा बढुवा भएका सुरज पौडेलले भने बढुवामा जम्प हानेका छन् । यसअघि आफ्नो ब्याचमा उनी २९ औं नम्बरमा थिए ।
उनी सगरमाथा आरोहण गर्ने सशस्त्र प्रहरीका पहिलो कर्मचारी हुन् । आईजीपी अर्यालको बडिगार्ड भएकाले पनि उनले बढुवामा जम्प हानेको बताइन्छ ।
फेसबुक प्रतिक्रियाहरु