चितवन साउन १९ । फोर्ब्स कलेज भरतपुरको आयोजनामा Certified Ethical Hacker (CEH) कार्यक्रम अन्तर्गत Intensive Ethical Hacking Boot Camp सम्पन्न भएको छ। विद्यार्थीहरूलाई साईबर सुरक्षाको क्षेत्रमा दक्ष बनाउने उद्देश्यका साथ आयोजना गरिएको कलेजका प्राचार्य हरि पाठकले जानकारी दिनुभयाे । बुट क्याम्पले विद्यार्थीहरूलाई थप व्यावहारिक ज्ञान दिने उहाँको भनाइ छ ।
भरतपुर–२ मा अवस्थित फोर्ब्स कलेजले BCS.IT (Cybersecurity), BHM तथा BBA कार्यक्रमअन्तर्गत विशेषगरी BCS.IT का विद्यार्थीहरूका लागि यस्ता तालिम दिने गरेको छ । २०७४ सालमा स्थापना भएको फोर्ब्स कलेजले Bachelor लेभलमा साइबर सेक्युरिटीमा विशेषज्ञतासहित अध्यापन गराउदै आएको छ । वार्षिक कार्यक्रम अन्तर्गत कलेजले CEH को तालिम सञ्चालन गरेको बताएको छ।
बुट क्याम्पबाट विद्यार्थीहरूले वास्तविक जीवनमा आउने साइबर खतराहरूको विश्लेषण, ह्याकिङ प्रविधिको अभ्यास र नेटवर्क सुरक्षा सम्बन्धी ज्ञान हासिल गरेका छन्। चितवन तथा नवलपुर क्षेत्रमा EC Council Academia को एक मात्र पार्टनरको रूपमा रहेको फोर्ब्स कलेजले आगामी दिनमा व्यावहारिक तालिमहरूलाई निरन्तरता दिने जनाएको छ। तालिममा बिएससी आईटी ६ औ सेमेष्टरका विद्यार्थीहरू सहभागी थिए ।
फेसबुक प्रतिक्रियाहरु