विशेष गरी पूर्वी तयाईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ । वर्षाले धेरै ठाउँमा रोपाईं भएको छ ।
काठमाडौँ, १८ साउन । लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने राहत महसुस गरेका छन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईमा राम्रो वर्षा भएपनि तराईको पश्चिम भेगमा भने हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ ।
महाशाखाकी मौसमविद् विनु महर्जनले भन्नुभयो, “यसपालि पूर्वी तराइृमा रोपाई गर्न मिल्ने गरी नै वर्षा भएको छ, तर पूर्वीतराईबाट विस्तारै पश्चिम सर्दै जाँदा भने मनसुन अल िकमजोर हुँदा वर्षा पनि कम हुँदै गएको छ ।”
आज मनसुनको न्यून चापीय रेखा सरदरस्थानको उत्तरतर्फ नेपालको तराई नजिक रहेकाले पनि सो क्षेत्रमा वर्षा भएको छ । देशभर नै मौसम बदली रहेको र खण्डित वर्षा भएको बताउँदै उहाँले काठमाडौँमा पनि आज खण्डिन वर्षा भएको बताउनुभयो ।
चन्द्रागिरि क्षेत्रमा वर्षा हुँदा उपत्यकाको माथिल्लो क्षेत्रको अवस्था सामान्य थियो यस्तै काठमाडौँको नक्सालतिर वर्षा हुँदा विमानस्थल क्षेत्रमा पानी परेको थिएन । यस्तै खण्डित वर्ष अन्य जिल्लामा पनि भएको छ ।
मौसमविद् महर्जनले आज दिउँसो विभिन्न प्रदेशका केही क्षेत्रहरुमा भारी नै पानी परेको र अहिले पनि कोशी र मधेश प्रदेशमा वर्षा जारी नै रहेको छ ।
उदयपुरको गाइघाटमा १३४.३ मिलिमिटर वर्षा भएको छ भने बाँकेमा पनि १०७ मिलिमिटर वर्षा भएको छ । १६ भन्दा बढी स्टेशनमा ८० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । यो भारी वर्षा हो ।
मधेश प्रदेशमा पनि यसपालि राम्रो वर्षा भएको छ । मधेशमा सप्तरीको बरमजियामा ९३.६ मिलिमिटर वर्षा भएको छ । यस्तै सिरहामा ८४.४, धनुषामा ४२.४, महोत्तरी गौशालामा ५७.८, लहानमा ७२.८ मिलिमिटर वर्षा भएको छ ।
रौतहट गौर ६५.८ मिलिमिटर, बारामा ४३ मिलिमिटर वर्षा भएको छ । पर्सा र सर्लाहीमा भने मध्याम वर्षा भएको छ । देशका धेरै मापन केन्द्रहरुमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।
यो सँगै बाग्लुङ, लमजुङ, सिन्धुपाल्चोक, मोरङ, संखुवासभा, झापा, उदयपुर, डडेलधुरा, डोटीका केही मापन केन्द्र आसपास पनि भारी वर्षा भएको विभागले जानकारी दिएको छ । हल्कादेखि मध्याम वर्षा भने देशका अधिकांश क्षेत्रमा भएको छ ।
विभागले आगामी २४ घण्टामा देशभर बदली रहने र सबै प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको प्रक्षेपण गरेको छ ।
आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन सक्रिय रहने जनाइएको छ । विभागले यो समयमा पछिल्लो मौसमी सूचनाको जानकारी लिएर मात्रै काम गर्न तथा सावधानी अपनाउन अनुरोध पनि गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु