शनिबार, साउन १७, २०८२
  • होमपेज
  • समाचार
  • ‘जिम्मेवारीबाट भाग्ने व्यक्ति नेता हुन सक्दैन’ : वर्षमान पुन ‘अनन्त’
समाचार

‘जिम्मेवारीबाट भाग्ने व्यक्ति नेता हुन सक्दैन’ : वर्षमान पुन ‘अनन्त’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले पार्टीभित्रका असमझदारी र मतभेदले संगठन विभाजन नहुने बताएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको आन्तरिक विवाद भनेर सञ्चारमाध्यम र केही व्यक्तिहरूले अतिरञ्जित गरेको उनको दाबी छ।

शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले भने, “पार्टीभित्र सामान्य मतभेद स्वाभाविक हो। हामी यस्ता विषयलाई व्यवस्थापन गर्दै अघि बढ्छौँ।  प्रचण्डकै नेतृत्वमा हामी एकताबद्ध भएर अघि बढ्नेछौँ।”

विज्ञापन

पुनले नेताहरूबीच रिसराग र असमझदारी भए पनि पार्टी छाडेर भाग्न नमिल्ने बताए। “जति रिस उठे पनि आन्दोलनको इतिहास, त्याग, र बलिदानको जिम्मेवारी लिनुपर्छ। जिम्मेवारीबाट भाग्ने व्यक्ति नेता हुन सक्दैन,” उनले भने। किसान विद्रोहका नेता भीमदत्त पन्तको ३२औँ स्मृति दिवसको अवसरमा माओवादी सम्बद्ध किसान संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

विज्ञापन

उनले सत्तारुढ दल र माओवादीविरोधीहरूले पार्टीलाई फुटाउने प्रयास गर्न सक्ने भन्दै नेता–कार्यकर्तालाई सचेत रहन आग्रह गरे। साथै, अध्यक्ष प्रचण्डलगायत नेताहरूको कमजोरीमाथि आलोचना गर्न सकिने तर सम्बन्ध मैत्रीपूर्ण र सौहार्दपूर्ण हुनुपर्नेमा जोड दिए।

पुनले नेकपा एकीकृत समाजवादी, नेकपालगायत विचार मिल्ने दलहरूसँग पार्टी एकताको सम्भावनाबारे छलफल भइरहेको जानकारी दिए।

“केही व्यक्ति एकताको प्रक्रियामा अवरोध र भ्रम फैलाउन खोज्छन्, तर हामी संयमित ढंगले छलफललाई निष्कर्षमा पुर्‍याउनेछौँ,” पुनले थपे।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस