शुक्रबार, साउन १६, २०८२
  • होमपेज
  • समाचार
  • बर्दघाटमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते
समाचार

बर्दघाटमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते

बुटवल । बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस पल्टिएको छ ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

विज्ञापन

दुर्घटनामा परी मृत्यु हुने पुरुषको पहिचान खुल्न बाँकी रहेको पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।

विज्ञापन

दुर्घटनामा १३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस