भरतपुर, साउन १४ । रोट्रयाक्ट क्लब अफ भरतपुर हाइटले ७ औ स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम भरतपुर–९ मा आश्रित असाहयहरुलाई विहानी खाना खुवाएको छ ।
सामाजिक उत्तरदायित्व निर्वाह गर्दै खाना खुवाउने कार्यक्रम आयोजना गरिएको क्लबकी अध्यक्ष अस्मि न्यौपानेले जानकारी दिनुभयो ।
सन् २०१९ जुलाई ३० मा स्थापना भएको रोट्र्याक्ट क्लब अफ भरतपुर हाइटले विगत सात वर्षदेखि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण लगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ।
“फेलोसिप थ्रु सर्भिस” भन्ने नारासँग परिचित रोट्रयाक्ट एक अन्तर्राष्ट्रिय युवा संगठन हो, जसले युवाहरूलाई नेतृत्व, सामाजिक सेवा र व्यावसायिक विकासको अवसर प्रदान गर्दछ। रोटरी इन्टरनेशनलको युवा शाखा मानिने रोट्र्याक्ट क्लबले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विविध गतिविधिहरू गर्दै आएको छ।
खाना खुवाउने कार्यक्रममा क्लबका बोर्ड सदस्यहरू, क्लब सदस्यहरू साथै अन्य रोट्रयाक्ट क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो।
स्थापना दिवसकै अवसरमा क्लबले केक काट्दै मित्रता र सहकार्यको वातावरणमा फेलोसिप गरेको थियो ।
फेसबुक प्रतिक्रियाहरु