बिहिबार, साउन १५, २०८२
  • होमपेज
  • समाचार
  • नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटायो
समाचार

नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटायो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पत्नी रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएका छन् ।

रेशम पक्षको बैठकले बुधवार साँझ रन्जितालाई हटाउने निर्णय गरेको नाउपाका महासचिव ठाकुरसिंह थारुले बताए ।

विज्ञापन

रेशम चौधरी र रन्जिता चौधरीको राजनीतिक कलह पारिवारिक बेमलमा परिणत हुँदै राजनीतिक रूपमा सम्बन्ध विच्छेदको चरणमा पुगेको छ ।

विज्ञापन

नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभामा ४ सीट छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभामा उपस्थिति छ । रेशम रन्जिता कलहका कारण पार्टी विभाजनको नजिक पुगेको छ । रन्जिताले यसअघि नै कार्यवाहक तोकेर केही दिन आराम गर्ने भनेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस