बिहिबार, साउन १५, २०८२
  • होमपेज
  • समाचार
  • तीन मन्त्री नियुक्तिको तयारीमा मुख्यमन्त्री लामा
समाचार

तीन मन्त्री नियुक्तिको तयारीमा मुख्यमन्त्री लामा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट मंगलबार विश्वास गुमाएका लामाले मन्त्री नियुक्तको तयारी गरेको लामाका प्रमुख स्वकीय सचिव छत्रबहादुर लामाले जानकारी दिए ।

विज्ञापन

उनका अनुसार मन्त्री नियुक्त हुन लागेका २ जना चितवन र एक जना धादिङका सांसद रहेका छन् । सांसद गोविन्द लम्साल (धादिङ) तथा गीता गुरुङ र माया श्रेष्ठ (चितवन)लाई मन्त्री नियुक्त गर्न लागिएको हो ।

विज्ञापन

उनका अनुसार अहिलेसम्म लम्साललाई आन्तरिक तथा कानुन मन्त्रालय र श्रेष्ठ र गुरुङलाई क्रमशः सहकारी र युवा खेलकुद मन्त्रालयको जिम्मा दिने तयारी छ । उनीहरूलाई आजै ११ बजेसम्म शपथ दिलाउने छ ।

बागमतीमा कांग्रेसले सम्हालेको ५ वटा मन्त्रालयमा मन्त्री रिक्त छन् । ९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस