बुधबार, साउन १४, २०८२
  • होमपेज
  • समाचार
  • आज मिति २०८२ साल साउन १४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
समाचार

आज मिति २०८२ साल साउन १४ गते बुधबार, यस्तो छ तपाईको राशिफल

वि.सं.२०८२ साल साउन १४ गते । बुधबार । ईश्वी सन् २०२५ जुलाई ३० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–षष्ठी, ५२ घडी ६ पला, रातको २ बजेर १७ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–हस्त, ४३ घडी ७ पला, बेलुकी १० बजेर ४१ मिनेट उप्रान्त चित्रा । योग– सिद्ध, ५९ घडी ४५ पला, रातको ५ बजेर २० मिनेट उप्रान्त साध्य । करण–कौलव, मध्यान्ह १ बजेर ३१ मिनेट उप्रान्त तैतिल, रातको २ बजेर १७ मिनेट उप्रान्त गर । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कन्या ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

विज्ञापन

पुराना विवादहरू साम्य हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरू फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्ने शक्ति जुटाउन सकिनेछ । व्यापार , शेयर बजार तथा उत्पादनमुखी व्यवसायबाट लाभ लिन सकिनेछ ।

विज्ञापन

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा बाह्य यात्राको तय हुनेछ । घर परिवारका साथ रमाइलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा बिलासी सामान प्राप्तिको गतिलो योग रहेको छ । वंश वृद्धिको योग रहको छ भने सन्तानको प्रगति देखेर मन रमाउनेछ । व्यापार तथा शेयर बजारबाट लाभ मिल्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफूले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । घर जग्गा तथा माटोसँग सम्बन्धित कामबाट कहीँ मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गरी मनग्गे लाभ लिन सकिनेछ । आमा वा आफन्तसँग टाढिएर टाढाको यात्रा हुँदा मन खिन्न हुनेछ । माया प्रेममा सामान्य मनमुटाबको सिर्जना नहोला भन्न सकिन्न । तर पनि वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

तपाईँले सुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा शङ्का उपशङ्काहरू हट्दै जानेछ । निर्माण सामाग्री, शेयर बजार तथा खानेकुराको सामानको लगानी वा व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीतिकर्मीहरूका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेको छ । विद्यार्थी वर्गहरूका लागी मेहनत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेको छ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

म्दानी भन्दा खर्च बढ्नाले दैनिकी असहज हुनसक्छ ध्यान दिनुहोला । लगानी बढाए पनि आम्दानी कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशङ्का गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ । तर पनि पढाइ लेखाइमा सोचेजस्तो नतिजा ल्याउन सकिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय राम्रो रहेको छ । शेयर बजार तथा निर्माण सामाग्रीमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिदामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाइदा हुनेछ । कीर्तिमान काम गरी नाम तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । शेयर बजार तथा व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय राम्रो रहेकोले व्यापार तथा शेयर बजारबाट मनग्गे धन आर्जन हुनेछ । सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यातित हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सहभागी भई उच्च स्तरको प्रस्तुति दिन पाउन मन प्रसन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडीहरूले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरू कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरूसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरू तपाईँदेखि टाढिन सक्छन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार तथा शेयर बजारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । इष्टमित्र तथा सहयोगीले साथ दिने हुँदा दैनिकी सहज रूपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगति हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस