सोमवार, साउन १३, २०८२
  • होमपेज
  • समाचार
  • ५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते
समाचार

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

चितवन।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको वार्षिकोत्सवको अवसरमा यसवर्ष पनि इन्टरकलेज फुटसल प्रतियोगिता गरिने भएको छ ।
२२ औँ वार्षिकोत्सवको अवसरमा यही साउन १५ र १६ गते ‘एक्सपर्ट फुटसल फेस्टा सिजन ३ गर्न लागिएको हो ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा कक्षा १२ सम्मका विद्यालयहरुले सहभागिता जनाउन पाउने छन् । जसका लागि साउन १३ गतेसम्म आवेदन दिनुपर्ने प्रतियोगिताका संयोजक एवं चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमै आवेदन दिने ३२ विद्यालयले सहभागिता जनाउन पाउने छन् ।

यसपटक प्रतियोगिता भरतपुर–३, बाह्रघरे स्थित क्यासी स्पार्टस्मा हुनेछ । यो प्रतियोगिता नकआउटका आधारमा गरिने संयोजक ढकालले जानकारी दिनुभयो । प्रतियोगिताको प्रत्यक्ष प्रशारण नारायणी खेल लाइभको फेसबुक र युट्युबाट हुनेछ ।
यसपटक प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरिएको छ । विजेताले नगद ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले नगद २५ हजार र ट्रफी प्राप्त गर्नेछ । सेमीफाइनल पुग्ने दुई टिमलाई ५÷५ हजार र विधागत उत्कृष्ट खेलाडीहरुले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागततर्फ प्लेयर अफ दि टुर्नामेन्ट, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरको पुरस्कार प्रदान गरिनेछ ।

विज्ञापन

एक्सपर्टले अगष्ट ८ का दिन वार्षिकोत्सव मनाउँदै आइरहेको छ । साउन २३ गते हुने वार्षिकोत्सवको दिन विशेष कार्यक्रम आयोजना गरिने छ । वार्षिकोत्सवको अवसरमा फुटसलसंगै एक्सपर्टले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । यसवर्ष पनि फुटसलसंगै मुख्य कार्यक्रम शैक्षिक पत्रकारिता पुरस्कार वितरण, एउटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण, देवघाटमा रहेको वृद्धाश्रममा आश्रितहरुलाई खाना खुवाउनेलगायतका विविध कार्यक्रम आयोजना गर्दैछ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस