सोमवार, साउन १३, २०८२
  • होमपेज
  • समाचार
  • मधेश प्रदेशमा पर्सा प्रहरी प्रमुख गौतम मिश्र सर्वोत्कृष्ट एसपी घोषित
समाचार

मधेश प्रदेशमा पर्सा प्रहरी प्रमुख गौतम मिश्र सर्वोत्कृष्ट एसपी घोषित

काठमाडौं । आफू हाजिर भएपश्चात नै भन्सार, चोरी तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, मानव बेचबिखन तथा ओसारपसार जस्ता बिषयमा अभियान नै सञ्चालन गरेर कार्य क्षेत्रमा होमिएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र सर्वोत्कृष्ट हुन सफल भएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्य सम्पादन सम्झौता कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीले सो जानकारी गराएका हुन् ।

विज्ञापन

४० वटा बुँदामा केन्द्रित रहेर गरिएको कार्य सम्पादनहरूको बिषयलाई आधार बनाएर गरिएको मूल्याकंनमा पर्सा प्रहरी ९०.१९ ५ अंकका साथ प्रथम हुन सफल भएको छ ।

विज्ञापन

पर्सामा एसपी मिश्रले आफ्नो नेतृत्वमा करिब ६० करोड बराबरको चोरी तस्करी, भन्सार छली पैठारी गरी भित्राएका मालवस्तुहरू पक्राउ गरी आवश्यक कारवाहीको लागि राजस्व तथा भन्सार कार्यालयमा बुझाएका थिए ।

यस्तै विभिन्न मितिमा विभिन्न अदालतबाट भएका फैसलाहरूको फरार प्रतिवादीहरू १ हजार ५११ जनालाई पक्राउ गरी फैसला कार्यन्वयनतर्फ ७३ वर्ष २ महिना कैद तथा ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना समेत असुल उपर गरेका थिए ।

पर्सा प्रहरलिे लागूऔषध बिक्री वितरण तथा कारोबारीतर्फ एकैपटक ठुलो परिमाण ३१९ केजी चरेससहित ट्रक, अभियुक्त पक्राउ गर्न सफल भएको थियो । एसपी मिश्रको कार्यकालमा ६२४ केजी चरेस, १ हजार ५६१ केजी गाँजा, १ केजी ५९० ग्राम अफिमलगायत विभिन्न लागुऔषध साथै संलग्न १५३ जना कारोवारीहरू पक्राउ परेका थिए ।

मानव बेचबिखनविरुद्ध कडा रूपमा प्रस्तुत भएको जिल्ला प्रहरी कार्यालयले विभिन्न अभियान सञ्चालन गरी १२ वटा मुद्दा दर्ता गरी १३ जना अभियुक्तहरू पक्राउ गरी कारवाही गरेको थियो ।

त्यसैगरी पर्सा प्रहरीले कर्तव्य ज्यान जस्ता गम्भीर प्रकृतिका मुद्दामा संलग्न प्रतिवादी पक्राउ तथा सफल अनुसन्धान गरेको थियो । हुण्डी कारोवारी पक्राउदेखि कार्यालयको भौतिक संरचना निर्माण गरी कार्यालयलाई अझ थप व्यवस्थित र सुदृढीकरण एंव सौन्दर्यकरण गरी प्रहरी उपरीक्षक गौतम मिश्रले प्रहरीको मनोबल समेत उच्च राख्न विभिन्न गतिविधि सञ्चालन गरेका थिए ।

यस्तै एसपी मिश्रले हनुमान जयन्ती, गहवामाई रथ यात्रा तथा मुस्लिम समुदायका मोहरम लगायत पर्वहरूमा योजनाबद्ध प्रहरी परिचालन गरी शान्ति सुरक्षाको अवस्थामा खलबल हुन नदिइ धार्मिक सहिष्णुता कायम राख्न अबल र सक्षम कमाण्डरका भूमिका निर्वाह गरेका थिए ।

२०७७ सालदेखि सुरु गरिएको कार्य सम्पादन सम्झौता र सोको मूल्यांकनमा पर्सा जिल्ला पहिलो पटक विजेता बन्न सफल भएको हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस