वि.सं.२०८२ साल साउन ११ गते । आइतबार । ईश्वी सन् २०२५ जुलाई २७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–तृतीया, ४४ घडी ५३ पला, बेलुकी ११ बजेर २२ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–मघा, ३१ घडी ३३ पला, बेलुकी ६ बजेर २ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–व्यातिपात, २ घडी ५१ पला, बिहान ६ बजेर ३३ मिनेट उप्रान्त वरियान । करण–तैतिल, बिहान ११ बजेर १९ मिनेट उप्रान्त गर, बेलुकी ११ बजेर २२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–सिंह ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको अविश्वास बढ्ने योग रहेको छ । सन्तान तथा छोराछोरी सँग पनि मनमुटाब बढ्नेछ भने तपाईँले भनेको नमानिदिँदा मन खिन्न हुनेछ । अध्ययन अध्यापनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । तर पनि व्यापार तथा शेयर बजारमा सुझबुझका साथ गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समय मध्यम रहेकोले जनताको समर्थन पाइने छैन । घर जग्गा तथा सवारी साधन सम्बन्धी लफडा पर्न सक्छ । आफन्त तथा आमासँग मनमुटाब बढ्ने वा घरबाट टाढा जानु पर्ने हुन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला समय मध्यम रहेको छ । कृषि तथा पशुपालनबाट हुने फाइदाले राहत मिल्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आट, साहस तथा पराक्रम वृद्धि भएर जाने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउने चाहनेहरूलाई लागी समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईँको आलोचना हुनेछ । पढाइ लेखाइमा आत्तिने बानिले नतिजा आफ्नो पक्षमा पार्न मुस्किल पर्नेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरे पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तर पनि यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । भौतिक सम्पत्तिको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित पार्न सकिनेछ । व्यापार तथा शेयर बजारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने वस्त्र तथा अलङ्कार उपहार पाइनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
खर्च भावमा गोचर गर्ने चन्द्रमाले फजुल खर्च बढ्नेछ । खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ । व्यापारमा भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइनेछ । तर पनि लामो दुरीको विदेश यात्रा हुनेछ भने विदेशी सामानको व्यापारबाट आम्दानी गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय वा शेयर बजारबाट लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
उच्च तथा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइनाले पद प्राप्तिको योग रहेको छ । अध्ययनमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा यात्राको अवसर जुर्नेछ । परिवारका साथ रमाइलो यात्रामा निस्कन सकिनेछ । वित्तीय बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धार्मिक तथा आध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईँको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । प्रेमिका तथा साथीभाइले सहयोग गर्ने हुनाले एक कदम अगाडी बढी प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामको प्रशंसा हुनेछ भने शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउने तथा नोकरीमा बढुवा वा स्थानान्तरणको योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरू प्रभावित हुनेछन् । चिन्ता तथा छपट्टिले ऊर्जा तथा आत्मविश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यावसायिक रूपमा घाटा लाग्नेछ । धन सम्पत्ति तथा पैतृक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना घट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यापार तथा शेयर बजारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिनेछ । कीर्तिमानी काम गरी नाम कमाउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आट, साहस, हिम्मतले कामहरू सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए बिसेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछिसम्म आम्दानी भइरहने व्यवसाय सुरु गर्न सकिनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
फेसबुक प्रतिक्रियाहरु