शनिबार, साउन ११, २०८२
  • होमपेज
  • चितवन विशेष
  • बिन परियोजना कार्यान्वन गर्न भरतपुरका ईन्जिनियरलाई ३ दिने तालिम
चितवन विशेष

बिन परियोजना कार्यान्वन गर्न भरतपुरका ईन्जिनियरलाई ३ दिने तालिम

चितवन, साउन ९ । भरतपुर महानगरपालिका र इनर्जी इफिसेन्सी इन नेपाल (बिन) परियोजनाको संयुक्त आयोजनामा भरतपुरका ईन्जिनियरको लागि ३ दिने प्राविधिक तालिम सुरु भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रमुख अधिकारीले समय अनुकूल भौतिक संरचना निर्माण गर्नुपर्ने औल्याउनुभयो ।
भौतिक संरचना निर्माण गर्दा अब प्राविधिकहरुले नयाँ ढङ्गबाट डिजाइनको कार्य गर्नुपर्नेमा उहाँको जोड थियो ।

विज्ञापन

नेपालमा दिगो आवास निर्माणका लागि युरोपियन युनियनले सञ्चालन गरिरहेको बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बिन) परियोजनाले उर्जा प्रभावकारी भवन डिजाइनले वागमती, गण्डकी र लुम्बिनी गरी ३ वटा प्रदेशका ६० वटा पालिकामा सञ्चालन भइरहेको छ ।
परियोजना सञ्चालनको लागि भरतपुर महानगरपालिका र बिनबीच यसअघि नै सम्झौता भइसकेको छ ।

विज्ञापन

भरतपुर महानगरपालिकाले उर्जा प्रभावकारी भवन निर्माण कार्यविधि २०८२ पनि स्वीकृत गरिसकेको छ ।
कार्यविधिलाई कार्यन्वन गर्न यहाँका ईन्जिनियरहरुलाई तालिम दिइएको परियोजनाले कार्यक्रमका फोकल पर्सन गेहेन्द्र आचार्यले जनाकारी दिनुभयो ।

चारवर्षसम्म संचालन हुने यस परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्य तथा युरोपियन युनियनको स्विच एसिया कार्यक्रमको आर्थिक सहयोगमा नेपालमा मिनर्जी प्रालीले अघि बढाएको छ ।

उर्जा दक्षताका लागि भवनको डिजानलाई सोही रुपमा बनाउन इन्जिनियरहरुलाई तालिम प्रदान गर्ने, भवनमा उर्जामैत्री सामाग्रीको प्रयोग बढाउने, यसका लागि कंक्रिटका सामाग्री निर्माण गर्ने व्यवसायीलाई तालिम प्रदान गर्ने, लगायतका कार्यहरु परियोजनाबाट गरिने परियोजनाका अध्यक्ष संगिता थापा मगरले जानकारी दिनुभयो ।

घरमा प्रयोग हुने इट्टा निर्माणमा धेरै उर्जा प्रयोग हुने गरेको र यसलाई उर्जा मैत्री रुपमा हलो ब्रिक्स प्रयोग गर्ने, हलो कंक्रिट ब्लकहरुबाट भवन निर्माण गर्ने, घरको डिजाइन गर्दा एसी ,हिटरको कम प्रयोग हुने खालबाट बनाउने र उर्जाको कम खपत हुने बनाउन परियोजनाले काम गर्नेछ । उर्जा मैत्री भवन निर्माण गर्नु स्वास्थ्यका हिसाबले समेत राम्रो हुने उहाँको भनाई रहेको छ ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, पूर्वाधार महाशाखा प्रमुख सन्तोष आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा भरतपुरका ६५ जना ईन्जिनियरहरुको सहभागिता रहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस