शनिबार, साउन ११, २०८२
  • होमपेज
  • समाचार
  • चितवनमा बलेरोले बसलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
समाचार

चितवनमा बलेरोले बसलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

चितवन । चितवनमा तरकारी बोकेको बलेरोले बसलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका–२ बस्ने वर्ष ३५ का मुकुन्द कंडेल रहेका छन् ।

विज्ञापन

गएराति साढे १२ बजेको समयमा रत्ननगर नगरपालिका–३ शान्ति चोकस्थित पूर्व–पश्चिम राजमार्गमा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको प्रदेश२–०२–००१ च०५१० नम्बरको तरकारी लोड भएको बलेरोले जनकपुरबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा प्र०३–००१ ख ३३६५ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरेहनीतर्फ जाँदै गरेको बा प्र०६–००१ प ३५०९ नम्बरको मोटसाइकललाई ठक्कर दिएको हो ।

विज्ञापन

बलेरोको ठक्करबाट गम्भीर घाइते भएका कँडेललाई उपचारको लागि भरतपुर अस्पताल ल्याएकामा गएराति १ः१९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

बलेरोको ठक्करबाट बसको ड्राइभर साइडको सीसा फुटेको उनले बताए ।

प्रहरीले बलेरो र बलेरो चालक कास्की लेखनाथ नगरपालिका–२७ बस्ने वर्ष ३० को हुमेश लामगाले र बलेरोको साहु कास्की माछापुछ्रे गाउँपालिका–३ बस्ने वर्ष ३४ को धुर्वराज पोखरेललाई नियन्त्रणमा लिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस