वि.सं.२०८२ साल साउन ८ गते । बिहीबार । ईश्वी सन् २०२५ जुलाई २४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष । तिथि–औशी, ४८ घडी ४३ पला, रातको १२ बजेर ५२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पुनर्वशु, ३० घडी ४८ पला, बेलुकी ५ बजेर ४३ मिनेट उप्रान्त तिष्य । योग– हर्षण, १५ घडी १८ पला, बिहान ११ बजेर ३० मिनेट उप्रान्त बज्र । करण–चतुष्पद, दिउसो १ बजेर ३२ मिनेट उप्रान्त नाग, रातको १२ बजेर ५२ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मिथुन, बिहान ११ बजेर ५२ मिनेट उप्रान्त कर्कट ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । घरजग्गा सम्बन्धी कारोबारमा मन्दि आउनाले आम्दानीमा कमी आउनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार, शेयर बजार तथा उद्योगमा थोरै समय दिए पनि मनग्गे आम्दानी गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । विवादित विषयहरू हल भएर जानेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले अरूभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय राम्रो रहेकोले आफ्नो बिचारले धेरैको मन आकर्षित गर्न सकिनेछ । समाजमा प्रशंसकहरू बढ्नेछन् भने मेहनतेले सम्मानित स्थान दिलाउनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू सुचारु हुने तथा सहयोगी, आफन्तले साथ दिनेछन् । पारिवारिक माहौलमा समय बित्ने हुँदा मन खुसी हुनेछ । मध्यान्हबाट यात्रा गर्दा ध्यान दिनुहोला । आट गर्न नसक्दा हातमै आइसकेको काम अरूकै पोल्टोमा पर्नेछ । सानो कामलाई पनि प्रशस्त समय लाग्ने योग रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिहानको समयमा लामो दुरीको यात्रा तथा विदेशसँग सम्बन्धित कामहरू हुनेछन् । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ । व्यापार वा शेयर बजारमा नयाँ लगानी थप्न सकिनेछ । इमानदार तथा लगनशील भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानको समय राम्रो रहेकोले व्यापारमा समय लगानी गर्नेहरूका लागी समय राम्रो रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय दिनुपर्ने हुनसक्छ । मध्यान्हबाट पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिनेछैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सुखद समाचारले आजको दीन उत्साह पूर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनतेले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापार तथा शेयर बजारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । व्यापार वा शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ भने लगानीका अवसर जुट्नेछ । सरकारी तथा प्रशासनिक काममा तपाईँको गतिलो उपस्थिति रहनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
शैक्षिक तथा धार्मिक यात्रा हुने भए पनि यात्राको क्रममा कष्टको सामना गर्नुपर्ने हुनसक्छ ध्यान दिनुहोला । समाजमा राम्रा काम गर्दा गदै प्रतिस्पर्धीहरूले खुट्टा तान्नेछन् । खोजीमूलक क्षेत्रमा नतिजा हात पार्नको लागी बढिनै खट्नु पर्नेछ । अग्रज तथा धार्मिक क्षेत्रमा मानिससँग विवाद हुनसक्छ । प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहेको छ । तर पनि आर्थिक क्षेत्रमा गरेको लगानीबाट नाफा कमाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरूबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पत्ति तथा बिलासी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तबाट नै धोका पाइने योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होइने छ । पढाइ लेखाइमा गरिएको मेहनतेबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस् तथा शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय मध्यम रहेकोले राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ । विद्यार्थीले प्रतिस्पर्धामा आफ्नो पर्फमेन्स देखाउन नसक्दा अरूभन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । पढाइ लेखाइमा मन नजाने हुँदा अरूभन्दा पछि परिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । तर पनि सन्तान तथा आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ । आर्थिक क्षेत्रमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
फेसबुक प्रतिक्रियाहरु