बिहिबार, साउन ९, २०८२
  • होमपेज
  • Breaking News
  • विद्यापुत्री उषाकिरणको टिप्पणी : नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्‍याउने रहेछन्
Breaking News

विद्यापुत्री उषाकिरणको टिप्पणी : नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्‍याउने रहेछन्

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) को औपचारिक राजनीतिमा सहभागी नहुन पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक भएपछि उनकी छोरी उषाकिरण भण्डारीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि प्रकट गरेकी छन्।

बुधबार फेसबुकमा एक लामो स्ट्याटस लेख्दै उषाकिरणले पार्टीको निर्णयप्रति असन्तुष्टि पोख्दै उनले भनेकी छन्, ‘तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ?’

विज्ञापन

उनले पार्टीको निर्णय प्रक्रियामा तिगडम भएको दाबी गर्दै लेखेकी छन्, ‘निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अच्चमित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो।’

विज्ञापन

उषाकिरणले आफू सधैँ देखिने गरी पार्टीको समर्थनमा उभिए पनि पछिल्लो घटनाक्रमले पुष्पलालको परिवारले किन एमालेलाई नैतिक समर्थन गरेनन् भनेर ज्ञान भएको बताइन् ।

उनले भनेकी छन्- ‘विगतको एक महिनादेखि मलाई ज्ञान भयो, नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्‍याउने रहेछन्। र नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो । त्यस कारण यो प्रकरणलाई धन्यवाद !’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस