काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई जवाफ फर्काएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजना भएको कार्यक्रममा प्रचण्डले शर्माको नमै नलिई पार्टीभित्र सिँगौरी खेल्न दिएको बताएका हुन् ।
भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन । मेरो कमजोरी उदार हुनु हो । मैलै बादल, किरणलाई कसैलाई पनि पार्टीबाट हटाएको होइन । अहिले केहि केहि साथीले सिँगौरी खेलेका छन् । मैले पार्टी कमिटी र परामर्श समितिमा आफ्ना मत राख्न दिएकै छु । योभन्दा बढी के हो जनवाद ?’, उनले प्रश्न गरे ।
शर्माले मङ्गलवार सोही मञ्चबाट कम्युनिस्ट पार्टीभित्र जनवाद कमजोर भएको र केन्द्रीयता हाबी भएको आरोप लगाएका थिए । यस्तै उनले पार्टी नेतृत्वमा ३६ वर्ष के गरिस् भनेर प्रश्न उठाएकोमा पनि असन्तुष्ट पोखेका छन् । ३६ वर्ष नेतृत्वमा रहेर काम गर्दा एकथरीलाई छटपटी भएको उनले आरोप लगाए ।
फेसबुक प्रतिक्रियाहरु