बुधबार, साउन ८, २०८२
  • होमपेज
  • समाचार
  • भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यक : शेखर कोइराला
समाचार

भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यक : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फास्टट्रयाकबाट भूमि विधेयक पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शङ्का उब्जाएको बताएका छन् ।

कोइरालाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री  पदमा बहालै रहेको अवस्थामा भूमि विधेयक पास गर्न खोज्नु शङ्कास्पद भएको उल्लेख गरेका हुन् ।

विज्ञापन

उनले भने, ‘पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहेको स्थितिमा भूमि विधेयक फास्टट्रयाकबाट पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शङ्का उब्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न ।’

विज्ञापन

उनले नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो नभएको उल्लेख गर्दै पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलियामाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन् । उनले भूमि विधेयकमा सम्बन्धित समितिमा गहन छलफल आवश्यक रहेको बताएका छन् ।

उनले लेखेका छन्– ‘नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन। पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलिया माथि निष्पक्ष छानबिन गरौँ, भूमि विधेयकमा समितिमा गहन छलफल गरौँ ।’

पोखराको बाटुलेचौरस्थित लिची बगान क्षेत्रको १३४ रोपनी जग्गा प्रकरणमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि ३३ लाख रुपैयाँ घुसको डिल भएको आरोप छ ।

यस प्रकरणपछि सामान्य प्रशासनमन्त्री गुप्ताले भने राजीनामा दिइसकेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस