वि. सं.२०८२ साल साउन ७ गते । बुधबार । ईश्वी सन् २०२५ जुलाई २३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष । तिथि–चतुर्दशी, ५२ घडी १४ पला, रातको २ बजेर १६ मिनेट उप्रान्त औशी । नक्षत्र– आद्र्रा, ३२ घडी ४२ पला, बेलुकी ६ बजेर २६ मिनेट उप्रान्त पुनर्वशु । योग– व्याघात, २१ घडी ८ पला, दिउसो १ बजेर ५० मिनेट उप्रान्त हर्षण । करण–भद्रा, दिउसो ३ बजेर ७ मिनेट उप्रान्त शकुनी, रातको२ बजेर १६ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–मुसल योग। चन्द्रराशि–मिथुन ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्ने सकिनेछ । दाजुभाइ, आफन्त तथा छिमेकीका साथ रमाइलो गर्दै दिन व्यातित हुनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी पछिको लागी आम्दानी सुनिश्चित गर्न सकिनेछ । प्रेमको गाँठो कसिलो हुने तथा मायाको चिनो साटासाट हुनेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा लैजान सकिनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैयाँ पैसा कमाउन सकिनेछ । मेहनतेले प्रतिस्पर्धीहरूलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । शत्रु तथा वैरभाव राख्नेहरू कमजोर हुनेछन् । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरूका लागी समय फलदायी रहनेछ । खाद्यान्न, बिलासी सामान, होटल तथा रेस्टुरेन्ट र पुँजी बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
समाजमा राम्रा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने तथा शेयर बजारमा नाफा कमाउन सकिने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तिको योग रहेको छ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्य सामाग्री तथा औषधीजन्य व्यापारबाट लाभ लिन सकिनेछ । आर्थिक क्षेत्र तथा पुँजी बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । तर पनि गैह्र न्यायिक काम नगर्नुहोला दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सरकारी तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ । उद्योग तथा शेयर बजारमा आज गरिने लगानी भविष्यका लागी आम्दानीको गतिलो स्रोत बन्नेछ । आफन्त तथा दाजुभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा प्रगति गर्न सकिने तथा अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । । प्रेमील जोडीहरूका लागी यात्राको अवसर जुर्नेछ भने मनमोहक दृश्यहरू मन मुटुमा कैद गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापार र शेयर बजारमा लगानी बढाइँ प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिक करण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । पढाइ लेखाइमा सहपाठी हरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापार तथा शेयर बजारमा लगानी वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनछ । व्यापार, शेयर बजार तथा उत्पादनमुsaखी क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ । नसोचेका तथा लामो समय देखि रोकिएर बसेका कामहरू सम्पादन गर्न सकिनेछ । आफन्त तथा घरपरिवारका मानिसबाट सहयोग प्राप्त हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । व्यापार तथा शेयर बजारबाट आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । कामबाट पनि फुर्सद निकाल्दै रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ । व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहने प्रेमील जोडीहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । नयाँ काम पाउने वा नोकरीमा पदोन्नतिको योग रहेको छ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । वित्तीय क्षेत्र, व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राम्रा काम गरी अरूको विश्वास जित्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै विजय भइनेछ । आफन्त तथा मामा पक्षबाट भनेजस्तो सहयोग पाइनाले मन प्रसन्न रहनेछ । खर्च बढे पनि राम्रा काम गर्दै अगाडी बढ्न सकिनेछ । स्वास्थ्य सामाग्री, निर्माण सामाग्री तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले मनग्गे धन आर्जन गर्ने समय रहेको छ । बैङ्क तथा वित्तीय क्षेत्रमा आम्दानी बढाउन सकिनेछ । सानो प्रयत्नले कामहरू सम्पादन हुँदा मन प्रसन्न रहनेछ । तर पनि आमा तथा आफन्तसँगको भेटघाटमा सानो विवाद हुन सक्छ ध्यान दिनुहोला । प्रविधि तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
फेसबुक प्रतिक्रियाहरु