मङ्लबार, साउन ७, २०८२
  • होमपेज
  • देश/प्रदेश
  • एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
देश/प्रदेश

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

चितवन, साउन ६ ।एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आज (मंगलबार) आयोजना गरेको शैक्षिक मेला ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्सपो’ मा विद्यार्थीको घुईचो लागेको छ ।

भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा भएको मेलामा विहानैदेखि विद्यार्थीहरुको भीड लागेको थियो । मेलामा अष्ट्रेलिया, क्यानडा, युके, न्युजिल्याण्ड र अमेरिकाका ५० बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले प्रत्यक्ष रुपमा जानकारी लिन पाएपछि विद्यार्थीहरु खुशी देखिन्थे ।

विज्ञापन

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चलेको मेलामा अन्तिमसम्म विद्यार्थीहरुको भीड थियो ।
एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन पाएको बताउनुभयो । यस कार्यक्रमबाट विद्यार्थीहरुमा देखिएको उत्साहले खुशी बनाएको बताउनुभयो ।

विज्ञापन


मेलामा ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीहरु पुगेका थिए । मेलामा सहभागि एक विद्यार्थीले आफूले सोँचे अनुसारको परामर्श लिन पाएकोमा खुशी व्यक्त गरेका थिए । यस्तै विद्यार्थीहरुलाई लक्की ड्र बाट छाता, विभिन्न छुटका कुपनलगायतको उपहार प्रदान गरिएको थियो ।

एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ ।

साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस