मङ्लबार, साउन ७, २०८२
  • होमपेज
  • समाचार
  • ४ लाखसहित ३ क्रिप्टो कारोबारी पक्राउ
समाचार

४ लाखसहित ३ क्रिप्टो कारोबारी पक्राउ

काठमाडौँ । चार लाख रुपैयाँ भन्दा नगदसहित क्रिप्टो कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ का ३१ वर्षीय फुर्वा सांगे शेर्पा, खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ का ३१ वर्षकै दीपक दर्नाल र धनकुटाको महालक्ष्मी नगरपालिका–८ का ३१ वर्षकै भीमबहादुर तामाङ छन् ।

विज्ञापन

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

विज्ञापन

उनीहरूले वैदेशिक रोजगारीमा विदेश जान लागेका व्यक्तिलाई लक्षित गर्दै आर्थिक प्रलोभन देखाउँदै बैंक खाता खोल्न लगाउने र ती खाता दुरुपयोग गर्दै ठगीको रकम कारोबार गरेको पाइएको छ ।

उनीहरूबाट ४ लाख २० हजार ५५ रुपैयाँ, २०० थान भन्दा बढी सीमकार्ड पनि बरामद भएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस