मङ्लबार, साउन ७, २०८२
  • होमपेज
  • Breaking News
  • तत्काललाई मनसुन कमजोर, कतैकतै मात्रै वर्षा
Breaking News

तत्काललाई मनसुन कमजोर, कतैकतै मात्रै वर्षा

काठमाडौँ, ६ साउन । पानी पार्ने प्रणाली तत्काल नदेखिएकाले अबको केही दिन मौसम केही खुल्ने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन दिन देशका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली विकसित हुँदा झण्डै २५ जिल्लामा भारी वर्षा भएको थियो भने केही क्षेत्रमा भारीदेखि अति भारीसम्म वर्षा भएको थियो । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका जिल्लाहरुमा बढी वर्षा भएको थियो ।

विज्ञापन

तर अहिले त्यस्तो प्रणाली विकास नभएको र न्यून चापीय रेखा पनि पूर्वतर्फ सरेकाले त्यसरी ठूलो वर्षा नहुने विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।

विज्ञापन

उहाँका अनुसार अबको केही दिन एक÷दुई ठाउँमा भारी वर्षा हुन सक्ने तर धेरै ठाउँमा बदली र घाम लाग्ने अवस्था जारी रहने तर हल्कादेखि मध्यम वर्षा भने ठाउँठाउँमा हुने छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित रहेको पनि उहाँले बताउनुभयो ।

मौसमविद् अधिकारीले भन्नुभयो, “समग्रमा भन्दा २, ३ दिन सामान्य जस्तै छ । एक÷दुई स्थानमा भारी वर्षासम्म हुन सक्छ । धेरै भारी र अति भारी वर्षा हुने सम्भाना छैन । आज रातिमा गण्डकीको एक÷दुई स्थानमा वर्षा हुने देखिएको छ । भोलि रातीमा तराईमा थोरै पानी पर्ने देखिएको छ । हल्कादेखि मध्यम वर्षा नै हुन्छ । बुधबार राति पनि केही ठाउँमा पानी पर्छ ।”

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस