सोमवार, साउन ६, २०८२
  • होमपेज
  • समाचार
  • भीम रावलको ओली प्रति कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?
समाचार

भीम रावलको ओली प्रति कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर हदसँग जोडेर आफू जेलमा बसेको १४ वर्षे अवधि घटाउनुपर्ने तर्कबारे पूर्व नेता भीम रावलले कटाक्ष गरेका छन् ।

केही समयदेखि एमाले छाडेर मातृभूमि जागरण अभियान चलाइरहेका रावलले त्यसो भए बाल्यकाल, सुतेको र बिरामी भएको समयावधि पनि घटाउनु भनेर प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गरेका छन् ।

विज्ञापन

‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ’, रावलले सोमबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि?’

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस