आइतवार, साउन ५, २०८२
  • होमपेज
  • समाचार
  • एमालेले कुलिङ पिरियडमा संशोधन हालेकोमा कांग्रेस नेता शेखर कोइरालाको आपत्ति
समाचार

एमालेले कुलिङ पिरियडमा संशोधन हालेकोमा कांग्रेस नेता शेखर कोइरालाको आपत्ति

काठमाडौं, साउन ४ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संघीय निजामती विधेयकमा नेकपा एमालेका सांसदहरूले हालेको संशोधन आपत्तिजनक भएको बताएका छन् ।

गठबन्धनका दलहरूबीच भएको सहमति विपरीत संशोधन हाल्नु एमालेको दोहोरो चरित्र मात्रै नभएर देश, जनता, लोकतन्त्र र गठबन्धनलाई धोका भएको बताएका छन् । ‘नेकपा एमालेका सांसदहरुले राष्ट्रियसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ,’ उनले भनेका छन्, ‘गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो ।’

विज्ञापन

उनले एमाले सांसदहरूले हालेको उक्त संशोधन पास हुन दिन नहुने पनि बताएका छन् । ‘नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ । साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न,’ उनले भनेका छन्, ‘कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही द्वीविधामा नपरे हुन्छ ।’

विज्ञापन

एमालेका तर्फबाट पाँच जना सांसदले कुलिङ पिरियड नै राख्न आवश्यक नरहेको तर्कसहित संशोधन प्रस्ताव राखेका हुन् । राष्ट्रिय सभामा भएको विधेयकमाथिको छलफलमा समेत एमाले सांसदहरू कुलिङ पिरियडको विषयमा मौन रहेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस