आइतवार, साउन ५, २०८२
  • होमपेज
  • Breaking News
  • धनकुटा, सुनसरी, इलाम र कास्कीमा धेरै भारी वर्षा, लुम्लेमा सबैभन्दा बढी
Breaking News

धनकुटा, सुनसरी, इलाम र कास्कीमा धेरै भारी वर्षा, लुम्लेमा सबैभन्दा बढी

काठमाडौँ, ४ साउन । देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा १५१ मिलिमिटर वर्षा भएको छ ।

यस्तै धनकुटामा १२१, सुनसरीमा १३०, इलाम माइपोखरीमा १२१ मिलिमिटर वर्षा भएको छ । यी चार स्थानमा धेरै भारी वर्षा मापन विभागले जनाएको छ । अन्य धेरै जिल्लामा भारी वर्षा भएको छ ।

विज्ञापन

पूर्वी नेपालमा बढी वर्षा भएको जानकारी दिँदै विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आज मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा गराउने प्रणाली सर्दै आएको जानकारी दिनुभयो । भोलिसम्म यो अवस्था रहने र विस्तारै हट्दै जाने पनि उहाँले बताउनुभयो ।

विज्ञापन

अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ । जसका कारण नेपालमा वर्षा गराउने प्रणाली विकसित भएको हो ।

अन्य भारी वर्षा भएका जिल्लाहरुमा सिन्धुपाल्चोक, कास्की, पर्वत, ओखल्ढुङ्गा, ताप्लेजुङ, पाँचथर, तनहुँ, खोटाङ, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम, म्याग्दी, झापामा पनि पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ ।

अन्य केही पहाडी जिल्लाका पहाडी क्षेत्रमा पनि भारी वर्षा भएको विभागले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पर्वत जिल्लास्थित मोदी खोला जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेकोले र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्नैहरुलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।

यस्तै विहान इलामको कन्काइ मैनाचुलीमा पनि जलसतह सतर्कतातह आसपास पुगेको थियो ।

यस्तै सुनसरीको सार्दुल खोलामा पनि जल सतहले सतर्कता तह पार गरेको थियो । सुनसरीको बुढी खोला दुहबी जलमापन केन्द्रमा राती १ः २० बजे भने जलसतहले खतराको तह नै पार गरेपछि साइरन बजेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस