शुक्रबार, असार २७, २०८२
  • होमपेज
  • समाचार
  • कुमरोजमा घाँस काट्न जाँदा बेपत्ता भएका पुरुषको शव बाघले खाएको अवस्थामा फेला
समाचार

कुमरोजमा घाँस काट्न जाँदा बेपत्ता भएका पुरुषको शव बाघले खाएको अवस्थामा फेला

चितवन, असार २७ । चितवनको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाँदा बेपत्ता भएका पुरुषको बाघको आक्रमणबाट मुत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान सात बजे घाँस काट्न गएका सोही ठाउँका ६८ वर्षिय पदमबहादुर राना मगर बेपत्ता भएका थिए । मगरको शव आज दिउँसो २ः४० को समयमा जंगल भित्र बाघले खाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो । मगर अन्य तीन जना सहित घाँस काट्न वन प्रवेश गर्नुभएको थियो । अन्य व्यक्ति सम्पर्कमा आएपनि उहाँ लामो समय सम्पर्कमा नरहेपछि खोजी कार्य तीब्र पारिएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस