शुक्रबार, असार १३, २०८२
  • होमपेज
  • Breaking News
  • दोस्रो भरतपुर मेयर कप : जनज्योतिलाई हराउँदै वाल्मीकी फाइनलमा
Breaking News

दोस्रो भरतपुर मेयर कप : जनज्योतिलाई हराउँदै वाल्मीकी फाइनलमा

चितवन । वाल्मीकी शिक्षा सदन दोस्रो भरतपुर मेयर कपको फाइनलमा प्रवेश गरेको छ । आज (शुक्रबार) सम्पन्न रोमाञ्चक दोस्रो सेमिफाइनलमा जनज्योति माविलाई हराउँदै वाल्मीकिले फाइनलमा स्थान बनाएको हो ।

भरतपुर ७ कृष्णपुरमा भएको खेलमा वाल्मीकि सडन डेथमा विजयी भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । रोमाञ्चक टाइब्रेकरमा २-२ को बराबरी भयो ।

विज्ञापन

जनज्योतिको सुरुवाती दुई प्रहार बाहिरिएको थियो । वाल्मीकि सुरुवाती दुबैमा गोल गर्दै २-० को अग्रता लिन सफल भएको थियो । तर त्यसपछि जनज्योतिले कमब्याक गर्‍यो । जनज्योतिले तेस्रो र चौथोमा गोल गर्दा वाल्मीकिको तेस्रो र चौथो बाहिरियो । वाल्मीकिको पाँचौ प्रहार पनि बाहिरिएको थियो ।

विज्ञापन

जनज्योतिको पनि पाँचौ प्रहार बाहिरिएपछि खेल सडन डेथमा धकेलियो । दोस्रो सडन डेथमा खेलमा नतिजा निस्कियो । जसमा वाल्मीकि विजयी भयो । वाल्मीकिका गोलकिपर विराज जमरकट्टेल प्लेयर अफ दि म्याच भए ।

वाल्मीकिले अब उपाधिका लागि डन एकेडेमीको सामना गर्नेछ । डन यसअघि नै पहिलो सेमिफाइनलमा आदिकवि भानुभक्त माविलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल असार १६ गते हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको प्रवर्द्धका भरतपुर महानगरपालिका रहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस