बुधबार, असार ४, २०८२
  • होमपेज
  • Breaking News
  • भरतपुरमा एक सय बेडको आयुर्वेद अस्पतालका लागि मन्त्रीपरिषदद्वारा जग्गा स्वीकृत
Breaking News

भरतपुरमा एक सय बेडको आयुर्वेद अस्पतालका लागि मन्त्रीपरिषदद्वारा जग्गा स्वीकृत

चितवन, ४ असार । चितवनमा आयुर्वेद अस्पताल सञ्चालनका लागि जग्गा प्राप्ती भएको छ । मन्त्रीपरिषद्को असार २ गतेको निर्णयले अस्पताललाई दुई विघा १३ कठ्ठा, १५ धुर सार्वजनिक प्रकृतिको जग्गा प्राप्त भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सार्वजनिक गरेको मन्त्रीपरिषद्को असार २ को निर्णयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पेश गरेको जग्गा प्राप्तीको प्रस्ताव स्वीकृत गरेको उल्लेख छ । निर्णयमा भनिएको छ “जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चितवनलाई २ विघा, १३ कठ्ठा १५ धुर सार्वजनिक प्रकृतिको जग्गा १०० शैयाको आयुर्वेद अस्पताल निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिने ।”

विज्ञापन

भरतपुर महानगरपालिका वडा नं. १५ शिवनगरमा उक्त जग्गा प्रदान गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरका प्रमुख डा. कोपिला अधिकारीले जानकारी दिनुभयो । विगतमा कोभिड महामारीको समयमा उक्त स्थानमा आयुर्वेदिक ओईसोलेसन समेत सञ्चालन गरिएको डा. अधिकारीले जानकारी दिनुभयो । ‘स्वस्थ जीवनशैली’ भन्ने कार्यक्रम समेत उक्त स्थानबाट सञ्चालन गरिएको उहाँको भनाई छ ।

विज्ञापन

उक्त जग्गा विगतमा नारायणी विद्यामन्दिर विद्यालयले आफ्नो रहेको दावी गर्दै आएको थियो । तर उक्त जग्गा गौचरन रहेको पाईएको छ । विगतमा उक्त जग्गा प्राप्तका लागि आफूहरुले धेरै प्रयास गरेको भन्दै डा. अधिकारीले उक्त अस्पताल भने संघीय सरकार मातहत रहने जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत नै अस्पताल सञ्चालन हुने डा. अधिकारीले बताउनुभयो । 

संघीय सरकारले उक्त आयुर्वेदि अस्पतालका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको भएपनि जग्गा आफ्नै नाममा नहुँदा भवन निर्माण हुन सकेको थिएन । डिपिआर लगायतका काम भने भएका छन् । 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आयुर्वेद अस्पतालका लागि जग्गा प्राप्तीका लागि धेरै लामो प्रयास गरेको बताउनुभयो । उहाँले विगत तीन वर्षदेखि जग्गा प्राप्तीका लागि पाँच वटाभन्दा बढी पत्राचार गरिएको जानकारी दिनुभयो । प्रमुख दाहालले भन्नुभयो “विगतमा विद्यालयले ओगटेर भोगाधिकार गर्दै आएको जग्गा हो, विद्यालयले सहमति दिएर, वडाहुँदै महानगरपालिकाको कार्यपालिकाले निर्णय गरेर सिफारिस गरेको छ ।” प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने समितिले समेत पटक पटक सिफारिस गरी पठाएको उहाँको भनाई छ ।

विगतमा बजेट विनियोजन भए पनि जग्गा प्राप्ती हुन नसक्दा बजेट फ्रिज हुने अवस्था आएको उहाँले बताउनुभयो । जग्गाको प्रक्रिया पूरा भएकाले अब थप बजेट माग गरेर अस्पताल भवन निर्माणमा जुट्ने प्रमुख दाहालले बताउनुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस