बुधबार, जेष्ठ १५, २०८२
  • होमपेज
  • Breaking News
  • भरतपुरको वडा नम्बर १५ बालमैत्री वडा घोषणा
Breaking News

भरतपुरको वडा नम्बर १५ बालमैत्री वडा घोषणा

 चितवन । भरतपुर वडा नम्बर १५ लाई बालश्रममुक्त एवम् बालमैत्री वडा घोषणा गरिएको छ । सोमबार वडा कार्यालय परिसरमा एक भव्य कार्यक्रमका बीच वडालाई महानगरको ९ औँ बालर्मैत्रीको रुपमा घोषणा गरिएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले १५ नम्बर वडालाई संयुक्त रुपमा बालमैत्री वडा घोषणा गर्नुभएको थियो ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको दुई वर्षभित्र महानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने गरी अघि बढ्न सामाजिक महाशाखालाई आग्रह गर्नुभयो ।

प्रमुख दाहालले बालमैत्री वडा घोषणा अभियानको गतिलाई वृद्धि गर्न योजनाबद्ध तालिका बनाएर लाग्नुपर्ने धारणा राख्नुभयो ।
देशका ६ महानगरपालिका मध्ये पहिलो सडक मानवमुक्त महानगर घोषण गर्न सफल भएको पनि स्मरण गर्नुभयो ।
वडा नम्बर १५ लाई बालमैत्री वडा घोषणाका लागि ५१ वटा सूचक पार गराउन सहयोग गर्ने सहयोगी संघ संस्था तथा सरोकारवालालाई धन्यवाद पनि ज्ञापन गर्नुभयो ।

विज्ञापन

‘बालमैत्री वडा घोषणा गर्नु ठुलो विषय होईन,उहाँले भन्नुभयो,‘यसको दीगोपन र निरन्तरता ठुलो विषय हो । वडा नम्बर १५ लाई आजदेखि जिम्मेवारी थपिएको छ ।’
उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरले भौतिक विकाससँगै मानविय विकासलाई सँगसँगै अघि बढाइरहेको बताउनुभयो ।
उपप्रमुख अधिकारीले चालु आर्थिक वर्षभित्र १२ वटालाई बालमैत्री वडा घोषणा गर्ने गरी महानगरपालिका अघि बढेको जानकारी दिनुभयो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बालमैत्री वडा घोषणा भएपछि थप जिम्मेवार सुरु भएको बताउनुभयो ।  राज्यले सबैभन्दा कमजोर क्षेत्र संरक्षण तथा प्रथामिकता राख्ने भएकाले बालबालिकालाई संरक्षण गर्ने राज्यको सबैभन्दा घर परिवार पहिलो निकाय भएको उल्लेख गर्नुभयो ।
बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचक तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधिअनुसार केही सूचक शतप्रतिशत र केही ८० प्रतिशत पूरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । यसका चारवटा खम्बा रहेका छन् । सहभागिता, विकास, संरक्षण, बाँच्न पाउने अधिकार रहेका छन् । यी सूचकहरू पूरा भएकाले वडा नम्बर १५ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिनुभयो ।

विज्ञापन

घोषणा गर्ने, तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्नुपर्ने बताउनुभयो । बालमैत्री घोषणासँगै थप चुनौती र जिम्मेवारी थपिएको उहाँको भनाइ छ । कार्यक्रम वडाध्यक्ष श्रीकृष्ण देवकोटाको अध्यक्षतामा भएको हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस