आइतवार, जेष्ठ १२, २०८२
  • होमपेज
  • समाचार
  • भरतपुरका १० विद्यालयमा लागूऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न
समाचार

भरतपुरका १० विद्यालयमा लागूऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

जेठ १०, चितवन । भरतपुरका सामुदायिक तथा निजी गरी १० वटा विद्यालयमा लागूऔषध विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । विद्यालयमै पुगेर बैशाख २८ गतेबाट सुरु भएको सचेतना कार्यक्रम १० दिन चलेको थियो । बालबालिकाहरुलाई सुर्तिजन्य पदार्थ, लागूऔषध तथा मादक पदार्थको प्रयोग तथा सेवनले पार्ने असरबारे जानकारी गराइएको थियो । भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा बसुन्धरा सहयोगी हातहरु नेपालको आयोजनामा एवम् सरल नेपालको सहकार्यमा भएको थियो ।
भरतपुर–२२ को अब्रेला स्टिटमा एक कार्यक्रमका बीच अभियानको समापन गरिएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध भरतपुर निर्माणमा यस्ता सचेतना कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । भरतपुरका भोलिका भविष्य यहाँका बालबालिका रहेकाले सचेतना कार्यक्रमले थप सभ्य नागरिक निर्माण गर्न सहयोग पुराउने उल्लेख गर्नुभयो । बालबालिकाहरु काचाँ माटा भएकाले कस्तो आकार दिने भन्ने अहिले पाउने जीवन उपयोगी शिक्षाको भूमिका महत्वपूर्ण रहने उहाँको भनाई थियो ।
महानगरपालिकाले बालबालिकाको उज्जवल भविष्य भएकाले वर्षेनी विभिन्न किसिमका कार्यक्रमहरु ल्याइरहेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा एभरेस्ट एकेडमी, सनलाईट स्कूल, मावि गगानगर, अमर मावि, लक्ष्मी मावि, सिद्धार्थ मावि, ज्ञान ज्योति स्कुल, नेपाल पुलिस स्कुल, गौरीगञ्ज माविका एक हजार विद्यार्थीलाई सचेतना कार्यक्रममा सहभागी गराइएको सरल नेपालका अध्यक्ष मनिष पौडेलले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका जनस्वास्थ्य अधिकृत केशव भट्ट मुख्य प्रशिक्षकका रुपमा रहनु भएको थियो ।
कार्यक्रमको समापन समारोहमा भरतपुर महानगरपालिका नगर उपप्रमुख चित्रसेन अधिकारी, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्तकुमारी पौडेल, शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्य, भरतपुर महानगरपालिका वडा नम्बर २२ का कार्यबाहक अध्यक्ष सूर्य बहादुर गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सुरज शार्माको अध्यक्षतामा भएको थियो ।
–––

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस