चितवन । चितवनको भरतपुर ओरालोमा रहेको चर्चित होटल रोयल सेन्चुरी अबदेखि ल्याण्डमार्क ग्रुपले सञ्चालन गर्ने भएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो व्यवस्थापनमा होटल सञ्चालन ल्याएको जानकारी दिएको हो । रोयल सेन्चुरीले देवघाटमा सञ्चालन गरिरहेको फार्म हाउस पनि ल्याण्डमार्कले नै चलाउने भएको छ ।
भरतपुर हाइटमा ७० रुमको होटल र देवघाट गाउँपालिका ५ भुवनटारमा करिब ४ हेक्टरमा फैलिएको फार्म हाउसको व्यवस्थापन ल्याण्डमार्कले सम्हालेको करर्पोेरेट अपरेशन निर्देशक सम्राट पाण्डेले जानकारी दिनुभयो । होटल तथा फार्महाउसको व्यवस्थापन सम्हालेसंगै ल्याण्डमार्कले नेपालको पर्यटन क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाएको उहाँले बताउनुभयो । सेवा परिस्कृत गर्दै रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी र देवघाटको फार्म हाउसलाई ल्यान्डमार्क फार्म हाउस बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।
विज्ञापन
भरतपुर हाइटमा रहेको ल्याडमार्क नारायणीमा ७० कोठा छन । यहाँ छ वटा विभिन्न साइजका ब्याकेट तथा व्यवसायिक बैठक र गोष्ठीका लागि कन्फ्रेन्स हल रहेका छन । यस्तै रमाइलो वातावरणमा खानाका लागि रेष्टुरेन्ट,पेय पदार्थको विविधतासहितको बार,कफी हाउस,खुला आकाशमुनि आरामदायी ढंगले समय बिताउनका लागि ओपन टेरेस उपलब्ध रहेको ल्यान्डमार्क होटलका महाप्रबन्धक बोधराज लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार होटलले आगामी दिनमा स्विमिङ पुल समेत थप गर्नेछ । ल्याण्डमार्क नारायणी व्यापारिक र पारिवारिक पाहुनाका लागि उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न तयार रहेको भन्दै उहाँले यस होटलको सेवा लिनका लागि सबैलाई अनुरोध गर्नुभयो ।
विज्ञापन
यस्तै देवघाटमा करिव डेड विघामा फैलिएको ल्याण्डमार्क फार्म हाउसमा १३ कोठा र आकर्षक कटेज रहेका छन । त्रिशूली नदीको किनारमा अवस्थित फार्म हाउसमा प्राकृतिक सौन्दर्य, आराम र आधुनिक सुविधाको उत्कृष्ट संयोजन प्रदान गर्ने ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका निर्देशक राजु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसारमा फार्म हाउसमा फार्म टु टेवल डाइनिङ जसमा ताजा र स्थानीय उत्पादनमा आधारित भोजन हुनेछ । फार्म हाउसमा स्विमिङ पूल, पूल साइड पार्टी स्पेस, बार र रेस्टुरेन्ट तथा ट्री हाउस समेत रहेको जानकारी दिनुभयो ।
भरतपुर र देवघाट क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने लक्षले ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले सेवा विस्तार गरेको अर्का निर्देशक रमेश पाण्डेले जानकारी दिनुभयो । ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट नेपालकै प्रतिष्ठित होटल ग्रुप हो । ल्यान्डमार्कले लामो समयदेखि काठमाडौँ, पोखरा, चितवनको सौराहा र भैरहवामा लक्जरी होटल र रिसोर्टहरूको व्यवस्थापन गर्दै आएको छ । चितवनमा पछिल्लो समय नयाँ होटल खोल्ने र भएका होटलहरुलाई परिस्कृत गरी सञ्चालन गर्ने क्रम बढेको छ ।
फेसबुक प्रतिक्रियाहरु