सोमवार, बैशाख २९, २०८२
  • होमपेज
  • Breaking News
  • आज बुद्ध पुर्णिमा, सिदार्थ गौतम हिन्दु र बौद्ध दुबैका पुज्य
Breaking News

आज बुद्ध पुर्णिमा, सिदार्थ गौतम हिन्दु र बौद्ध दुबैका पुज्य

काठमाडौं। आज बुद्ध पुर्णिमा विश्वका शान्ति दुत गौतम बुद्दको जन्म दिनको अवसर पारेर नेपालसहित विश्वभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँछ ।

भगवान् शाक्यमुनि बुद्धको जन्म ईशापूर्व ५६६, कपिलबस्तु जिल्लामा भएको मानिन्छ ।  यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ईशा पूर्व ५६६ भन्दा पहिले नै भएको देखिन आउँछ ।

विज्ञापन

 

विज्ञापन

गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मन साथ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएको भन्दै उनलाई भगवानको दुत मान्नेहरू करोडौंमा छन् ।

 

उनी महाआत्मा र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको पनि बताउँछन् । जन्मन साथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो ।

 

उनले पछि भारतको बोधगयामा ज्ञान प्राप्त गरेका थिए । त्यसपछि उनले अहिंसा र शान्तिको पक्षमा विश्वलाई सन्देश दिएका थिए । जसका कारण उनलाइ करोडौं मान्छेले भगवानको रूपमा पुजा अर्चना र सम्मान गरिरहेका हुन्छन् ।

 

बुद्धका सबै शिक्षा र उपदेशहरूको सङ्ग्रहको मुल पुस्तकलाई ‘त्रिपिटक’ भनिन्छ । त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ भने  त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू सङ्गृहीत रहेको छ । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतितय–समुत्पाद हो ।

गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्छन् भने गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपाल भूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्सेनि सार्वजनिक बिदा दिँदै आएको छ । आज पनि देशमा सार्बजनिक बिदा रहेको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस