Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ १, २०८२
  • होमपेज
  • देश/प्रदेश
  • जुत्ता मेलामा ग्राहकको आकर्षण बढ्दो, एक महिना चल्ने
देश/प्रदेश

जुत्ता मेलामा ग्राहकको आकर्षण बढ्दो, एक महिना चल्ने

भरतपुर । भरतपुरको चितवन एक्स्पो सेन्टरमा चैत्र १४ गतेदेखि चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ चलिरहेको छ। चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ मा ६ वटा कम्पनीको स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् ।

मेलामा अवलोकनकर्ताहरुको भिड दिनदिनै बढिरहेको छ। चैत्र १४ गते (बिहिबार) देखि सुरु भएको मेलामा १८ गते (सोमबार) सम्म बिस हजार भन्दा बढीले मेला अवलोकन गरेको आयोजकले जनाएको छ। अवलोकनकर्ता मध्ये पाँच हजारले जुत्ता चप्पल खरिद गरी सकेको आयोजकले जनाएको छ। जुत्ता चप्पल मेलामा ६ वटा स्वदेशी उद्योगबाट उत्पादित ३० भन्दा बढी स्टल राखिएको मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।

विज्ञापन

स्वदेशी उत्पादनका बारेमा आमउपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले चौंथो पटक मेला आयोजना गरिएको उनको भनाइ छ। करिब एक महिनासम्म सन्चालन हुने मेलामा १ करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा प्रत्यक जुत्ता चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको छ।

विज्ञापन

मेलामा बिएफ डियरहिल सुज, फस्र्ट वाक सुज, शिखर सुज, रन सुज, स्मार्ट सुज, सु ल्याण्ड सुज, हाईलाइफ ब्राण्डका जुत्ता, चप्पल तथा छालाबाट उत्पादित सामग्री उपलब्ध रहेका छन् । जुता चप्पल मेला २०८२ बैशाख १० गते सम्म सन्चालन हुने छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस