चितवन । विभागीय टोली एपिएफ फुटबल क्लबले चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत आज (सोमबार) सम्पन्न खेलमा एपिएफले बागमती युथ क्लबविरुद्ध ९-० को फराकिलो जित निकालेको हो ।
भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मी कुमारी घिसिङले ह्याट्रिक गरिन् । यस्तै सरु लिम्बु र रेनुका नगरकोटेले समान २-२ तथा गीता राना मगर र प्रतिक्षा चौधरीले एक-एक गोल गरे । ह्याट्रिक गरेकी रश्मी प्लेयर अफ दि म्याच हुँदै १० हजार रुपैँया प्राप्त गरिन् ।
विज्ञापन
एपिएफले अब सेमिफाइनलमा भरतपुर २४ को सामना गर्नेछ । भरतपुर २४ यस अघि एन्फा मकवानपुरलाई ५-० ले हराउँदै सेमिफाइनल पुगिसकेको छ । प्रतियोगितामा भोलि मंगलबार पहिलो चरणको अन्तिम खेल हुनेछ । जहाँ त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
विज्ञापन
चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सुरु प्रतियोगितामा ८ टोली सहभागि छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
फेसबुक प्रतिक्रियाहरु