बुधबार, फाल्गुन २८, २०८१
  • होमपेज
  • खेलकुद
  • लिभरपुललाई हराउदै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
खेलकुद

लिभरपुललाई हराउदै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ । लिभरपुल युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पिएसजीसँग पेनाल्टी सुटआउटमा पराजित हुदै लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

यस दोस्रो लिगमा पिएसजीले १-० को जित हासिल गरेपछि पहिलो लिगमा लिभरपुलको १-० को अग्रताको आधारमा समग्रमा १-१ को बराबरी भएको थियो । पिएसजीका लागि खेलको १२औं मिनेटमा ओसुमान डेम्बेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

विज्ञापन

९० मिनेटसम्मको खेलमा दुवैको समग्र गोल १-१ भएपछि यो खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । थप समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा लिभरपुलका कर्टिस जोन्स र डर्विन नुनेजले पेनाल्टी मिस गरेपछि पिएसजी ४-१ ले विजयी हुदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

विज्ञापन

यो हारसँगै लिभरपुलको यस सिजनको च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस