मङ्लबार, बैशाख २, २०८२
  • होमपेज
  • चितवन विशेष
  • बखान च्याम्पियनसिपको उपाधि पटिहानीलाई
चितवन विशेष

बखान च्याम्पियनसिपको उपाधि पटिहानीलाई

चितवन । सेन्ट्रल कलेज तेस्रो बखान च्याम्पियनसिप कप फुटबलको उपाधि पटिहानी एफसीले जितेको छ । आज सम्पन्न उपाधि भिडन्तमा सूर्यपुर एफसीलाई हराउँदै पटिहानी च्याम्पियन बनेको हो ।

बखान मिनी रगंशालामा भएको प्रतिस्पर्धात्मक खेलमा पटिहानी टाइब्रेकरमा ५-३ ले विजयी भयो । पहिलो पटक फाइनल पुगेको पटिहानीले पहिलो पटकमा नै उपाधि चुमेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा पटिहानीका गोलरक्षक कुमार खुलाल गुरुङ नायक बने । उनले सूर्यपुरको एक प्रहार बचाए । टाइब्रेकरमा हिरो बनेका कुमार प्लेयर अफ दि म्याच बने ।

विज्ञापन

विजेता पटिहानीले ट्रफीसहित चार लाख प्राप्त गरेको छ । उपविजेता सूर्यपुरले दुई लाख प्राप्त गरेको छ । पटिहानीका रोशन क्षेत्री प्रतियोगिताभरको उत्कृष्ट खेलाडी तथा प्रतियोगिताभर चार गोल गरेका श्री शारदा युथ क्लब शारदानगरका मन्नु कुमाल सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही दश-दश हजार रुपैँया प्राप्त गरे ।

विज्ञापन

यस्तै नारायणी मोटर्स युनिक क्लब बसेनी फेयर प्ले टिम बनेको छ । वडा खेलकुद बिकास समिति भरतपुर १९ को आयोजनामा भएको प्रतियोगितामा दश टोली सहभागी थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस