मङ्लबार, माघ २२, २०८१
  • होमपेज
  • Breaking News
  • मेयर दाहालद्धारा ६ कोठे विद्यालय भवन र प्रहरी कार्यालय भवनको शिलान्यास
Breaking News

मेयर दाहालद्धारा ६ कोठे विद्यालय भवन र प्रहरी कार्यालय भवनको शिलान्यास

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सोमबार ६ कोठे विद्यालय भवनको शिलान्यास गर्नुभएको छ । भरतपुर ६ मा रहेको देवज्योति आधारभूत विद्यालयको ६ कोठे भवनको एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले देवज्योति आधारभूत विद्यालय भरतपुर ६ लाई नमुना विद्यालयका रुपमा अगाडि बढाइएको बताउनुभयो ।
भरतपुर महानगरपालिकाले गत वर्ष ४ कोठे भवनको निर्माण गरिसकेको र अहिले फेरि वागतमी प्रदेश सरकार र महानगरको साझेदारीमा ६ कोठे भवन निर्माण गर्न लागिएको उल्लेख गर्नुभयो ।
प्रमुख दाहालले विद्यालयमा टहर र अति जिर्ण भवन रहेकाले नयाँ सुविधा सम्पन्न भवन निर्माण गर्नुपर्ने अवस्था आएको उहाँको भनाई थियो ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सहज वातावरण बनाउन पूर्वाधार निर्माण गर्नुपर्ने देखिएकाले गत वर्षदेखि भवन निर्माणलाई प्रथामिकतामा राखिएको प्रष्ट पार्नुभयो । ६ कोठे भवन निर्माण भएपछि विद्यालयसँग प्रयाप्त  भौतिक संरचना हुनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज सापकोटाका अनुसार यसअघिको ८० जना रहेको विद्यार्थी संख्या वृद्धि भइ १ सय ५२ जना पुगेको छ ।

विज्ञापन

यसैबीच ईलाका प्रहरी कार्यालयको निर्माण हुन लागेको भवनको शिलान्यास गरिएको छ । सोमाबार श्रीपञ्चमीको अवसरमा प्रहरी कार्यालय भवनको भरतपुर महानगरपालिका प्रमुख दाहालले शिलान्यास गर्नुभएको छ । भाडामा बस्दै आएको कार्यालय भवन निर्माणको लागि अरुणोदय कलेजले करिब ५ कठ्ठा जग्गा उपलब्ध गराएको हो । भवन निर्माण भएपछि शान्ति, सुरक्षा र अमन चयन हुने विश्वास लिइएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस