सोमवार, माघ १४, २०८१
  • होमपेज
  • Breaking News
  • देवघाट महामहोत्सवको १२औं दिन: षटतिला एकादशीको विशेष अवसरमा तीन लाख भक्तजनद्वारा दर्शन र स्नान
Breaking News

देवघाट महामहोत्सवको १२औं दिन: षटतिला एकादशीको विशेष अवसरमा तीन लाख भक्तजनद्वारा दर्शन र स्नान

चितवन । देवघाट महामहोत्सवको १२औं दिन, षटतिला एकादशीको पावन अवसरमा पवित्र गण्डकी र त्रिशुलीको संगम मा स्नान र देवघाट क्षेत्रको दर्शनका लागि करिब तीन लाख भक्तजनको सहभागीता रहेको छ। बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको थियो भने मध्यान्हसम्ममा यस संख्या झन् बढ्दै गएको छ। दशमीको साँझदेखि नै भक्तजनहरूको भव्य उपस्थिति देखिएको महोत्सवमा आजको दिनले विशेष चहलपहल थपेको छ।
मातापिता सेवाश्रम परिसरमा हिजो साँझ ६ बजेबाट नै निरन्तर भण्डाराको चलिरहेको छ। आगन्तुक भक्तजनका लागि निशुल्क प्रसाद वितरण भइरहेको छ, जसले भक्तजनहरूलाई सेवा र समर्पणको अद्वितीय अनुभव दिएको छ। हजारौँ भक्तजनले यो भण्डाराको लाभ लिइरहेका छन्।

महोत्सवमा आउने भक्तजनहरूको संख्यामा दैनिक रूपमा वृद्धि भइरहेकाले आयोजकहरूले रात्रिकालीन बसोबासका लागि थप २० वटा विशेष क्याम्पिङ टेन्टहरूको व्यवस्था गरेका छन्। यी टेन्टहरू विशेष रूपमा टाढाबाट आएर महोत्सवमा सहभागी भई रातभर बस्न चाहन्छने भक्तजनका लागि उपलब्ध गराइने छ |
देवघाट दिव्यधाम निर्माणका लागि भक्तजनहरूले गर्ने जग शीला पूजाको कार्यमा पनि भक्तहरूको लामो लाइन देखिएको छ। श्रद्धा र भक्तिभावसहित भक्तजनहरूले दिव्यधाम निर्माणमा योगदान पुर्‍याइरहेका छन्। यो पूजामा सहभागी हुने भक्तजनहरूको संख्या दैनिक रूपमा बढिरहेको छ।

विज्ञापन

महोत्सवका अन्य गतिविधिहरू पनि आज विशेष रूपमा सम्पन्न भइरहेका छन्। दिनभर कथा, प्रवचन र भजनकीर्तनका कार्यक्रमहरू चलिरहे। अनेक प्रवचनकारहरूका अमूल्य सन्देशले भक्तजनहरूलाई धार्मिक ज्ञान र भक्तिमा थप प्रोत्साहित गरिरहेको छ।
सँधा झैँ आज साँझ पनि विशेष कोटी दीप प्रज्वलनको कार्य सम्पन्न हुनेछ। गण्डकी नदीको किनारमा लाखौँ दीप प्रज्वलित गरी विशेष महाआरतीको आयोजना हुनेछ। यो महाआरती माघ महिना भर नै प्रत्येक साँझ ५ बजे हुने गर्छ। गण्डकी नदीको आरतीमा उपस्थित हुने भक्तजनहरूले अलौकिक शान्ति र आध्यात्मिक ऊर्जा प्राप्त गर्ने अनुभव गरेका छन्।
देवघाट महामहोत्सवको १२औं दिन भक्तिभाव, सेवा, र समर्पणका दृष्टिले उल्लेखनीय भैरहेको छ । षटतिला एकादशीको पावन अवसरमा लाखौँ भक्तजनहरूको उपस्थितिले देवघाटको महत्त्वलाई अझ प्रबल बनाएको छ। महोत्सवका अवशेष दिनहरूमा समेत यस्तो भक्तिभाव र चहलपहल निरन्तर रहने अपेक्षा गरिएको छ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस