मङ्लबार, मंसिर २५, २०८१
  • होमपेज
  • शिक्षा
  • चितवनमा ग्रेस इन्टरनेशनलको शैक्षिक मेला आज,२५ बढी विदेशी शैक्षिक संस्थाका प्रतिनिधि आउने
शिक्षा

चितवनमा ग्रेस इन्टरनेशनलको शैक्षिक मेला आज,२५ बढी विदेशी शैक्षिक संस्थाका प्रतिनिधि आउने

चितवन।

ग्रेस इन्टरनेशनलले आज (शुक्रबार) चितवनमा ‘एडुभर्स २०२४’ शैक्षिक मेला आयोजना गर्दैछ । मेलाको सबै तयारी पुरा भएको ग्रेस इन्टरनेशनल चितवनका निर्देशक गणेश लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार मेलामा आउने विद्यार्थीलाई आइएलटिएस र पिटीईका कक्षामा विशेष छुटको व्यवस्था गरिएको छ । साथै भिसा प्रासेसिङ सुरु गर्ने विद्यार्थीका लागि पनि आकर्षक उपहारहरु लक्की ड्र मार्फत प्रदान गरिने उनले जानकारी दिए । मेला नारायणगढको शहिद चोकमा रहेको ग्रेस इन्टरनेशनल चितवनको कार्यालयमा हुने छ ।

विज्ञापन

 

विज्ञापन

नेपाली विद्यार्थीहरुलाई लक्षित गरी ग्रेस इन्टरनेशनल ग्रुप ‘एडुभर्स २०२४’ शैक्षिक मेलाको आयोजना देशका विभिन्न सहरमा गर्न लागेको छ । त्यसै अन्तर्गत चितवनको नारायणघाटमा कात्तिक ३० गते हुन लागेको हो । विदेश अध्ययनमा रुचि राख्ने विद्यार्थीहरुका लागि नोभेम्बर ११ देखि २१ सम्म देशभरका ९ प्रमुख सहरहरुमा ग्रेस ग्रुपले मेला सञ्चालन गर्न लागेको हो ।

 

मेलामा अस्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरुले विद्यार्थीहरुसँग प्रत्यक्ष भेटघाट र परामर्श दिने लामिछानेले जानकारी दिए । मेलामा विद्यार्थीहरुले २५ भन्दा बढी विदेशी शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गर्न र विदेश अध्ययनसम्बन्धी विस्तृत जानकारी लिन पाउने उनले जानकारी दिए । मेलामा विद्यार्थीहरुले स्पट एडमिसन, अधिकतम छात्रवृत्ति र अन्य विशेष अवसरहरु प्राप्त गर्न सक्ने उनको भनाइ छ । जसले गर्दा उनीहरुको विदेश अध्ययन प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका लामिछानेले बताए ।

ग्रेस ग्रुपले देशभर सुरु गर्न लागेको मेला नोभेम्बर ११ मा इटहरी, १३ मा काठमाडौं, १४ मा चितवनको पर्सा, १५ मा चितवनको नारायणघाट, १६ मा नवलपुरको कावासोती, १७ मा बुटवल, १८ मा दाङ, २० मा बागलुङ, र २१ मा पोखरामा शैक्षिक मेला सम्पन्न हुनेछ । यी प्रमुख सहरहरुमा आयोजना गरिने कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो अध्ययन गन्तव्य छान्न थप सहज बनाउने र आवश्यक परामर्श उपलब्ध गराउने लक्ष्य ग्रेस ग्रुपले लिएको छ ।

ग्रेस चितवनका निर्देशक लामिछानेका अनुसार विद्यार्थीरुले मेलामा सहभागी भएर आफ्ना चासोका देशका प्रतिष्ठित विश्वविद्यालयहरु सँग प्रत्यक्ष रुपमा जोडिन पाउनेछन् । साथै, परामर्शदाता र विश्वविद्यालयका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरी अध्ययन गन्तव्य छान्न, आवेदन प्रक्रियाबारे बुझ्न र छात्रवृत्ति लाभ लिन सक्नेछन् । लामिछानेले विदेश अध्ययनमा रुचि राख्ने सम्पूर्ण विद्यार्थीहरुलाई यो अवसरको सदुपयोग गर्न आह्वान गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस